साहित्य

इतिहाँस मान्छे

कायापलट भोगेका यूगभरी
घाम आगोको लप्का पिउदै
न्यायक्रान्तिको विद्रोहसँग
मितेरी गाँसेका मान्छेहरू
अनगिन्ति जुद्धका प्राचिरभित्र
समरमा फेरीएका निरोहरू
सदालाई इतिहाँस च्यापेर बढे
तन,मन, बचन र कर्मले लडे
लडेर हाँसे, मरेर बाँचे
भूगोलको आलो माटो भरी
राप पचेका मान्छेहरू
ताप पचेका मान्छेहरू
चर्को घामले डढाइएकाहरू
हिंउ जस्तो  चिसोले सताइएकाहरू
नियतीले च्यापीएका भिमकायहरू
सहीद भएर बाँचेकाहरू
जित खोज्दै जितऐ बाँचे
ईतिहाँस सांचेर बाँचे
उनै इतिहाँसका सच्चा मान्छे









गीत
पिडा गालेको मानिस म
हारसँग पराधिन छैन है
व्यथालाई निलेको यात्रु म
अक्करमा थकित छैन है

सिमाहिन दर्दमा ठोक्किदै
शिशिरको चिसो टेकेर
सपना-विपना बल्झिंदै
असिमा दु:खलाई छलेर
पिडा गालेको मानिस म
हारसँग पराधिन छैन है
व्यथालाई निलेको यात्रु म
अक्करमा थकित छैन है

भिमकाय परिधि छिचोल्दै
बेमिसाल यात्रा हिंडेर
जीवनको सन्नाटा छिचोल्दै
अविचल पाइला ठेलेर
पिडा गालेको मानिस म
हारसँग पराधिन छैन है
व्यथालाई निलेको यात्रु म
अक्करमा थकित छैन है