समाचार





दलित ले पुजारी छोइ भन्दै मन्दिरमा निर्घात कुटिपिट
ढोकामा उभिएर पुजा भेटी दिँदै गर्दा भण्डारीले आफूलाई छोईएको भन्दै त्यहाँबाट गलहत्याउँदै बाहिर निकालेर लाठीले हिर्काएर निर्घात कुटिपिट ।

 From Dainikee online   काठमाडौं, ३०चैत्र (दैनिकी)

पुजा गर्नको लागि मन्दिर गहेको समयमा पुजारीलाई छोइएपछि गुल्मीमा एक दलित महिला निर्घात कुटिएकी छिन । गुल्मीको धुर्कोट बस्तु गाविस वार्ड नं ६ निवासी ४५ वर्षिय सेती विश्वकर्मालाई कालीका मन्दिरमा पुजा गर्न गएको समयमा छोईएको भन्दै धुर्कोट गाविसको वडा न। ७ का पुजा व्याबस्थापन समितीका पदाधीकारीले निर्घात कुटपिट गरेका छन् । चैते अष्ठमीको दिन कालीका मन्दिर पुगेकी विश्वकर्मालाई मन्दिरको मन्दिर व्याबस्थापन समितिका उपाध्यक्ष ओम प्रसाद भण्डारी लगायतका ब्राम्हणहरुले निर्घात कुटेका हुन् । ढोकामा उभिएर पुजा भेटी दिँदै गर्दा भण्डारीले आफूलाई छोईएको भन्दै त्यहाँबाट गलहत्याउँदै बाहिर निकालेर लाठीले हिर्काएको पीडित महिलाले बताएकी छिन । तम्घास अस्पत्तालमा भर्ना भएकी विश्वकर्माको खुट्टाको माथील्लो भागमा लाठीबाट निलडाम र चोटपक लागेको चिकित्सकले बतएका छन् । ठिक हुनु एक महिना लाग्नॆ अस्पतालले जनाएको छ । गएकोवर्ष पनि स्थानिय ब्राह्मण समुदायले मन्दिरमा छोएको भन्दै स्थानिय तारा बहादुर सुनारलाई आक्रमण गरेको थिए । कुटपिट गर्ने भण्डारीलाई बस्तु प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । यस घटना प्रति दलित साझा माच गुल्मीले घोर भत्स्रना गरेको छ । माचका सचिब गौचन धरालीले लोकतन्त्रको खिल्ली उडाउँदै बर्बर पाचायती शैलिमा सार्वजनिक स्थलमा पुजा गर्न पाउने सबै जातजातीको अधिकारलाई कुण्ठित गर्दै गरिएको आक्रमण घोर निन्दनिय भएको बताउनुभायो । कुटपिट गर्ने अपराधिलाई कानुनी कार्वाहीको दायरामा ल्याउन प्रयास गरिने यदि कुनै पक्षले संरक्षण गर्न खोजे जस्तो सुकै मुल्य चुकाएर पनि बदला लिइने सचिव धरालीले चेतावनी दिएका छन ।
विस्तारै समाबेस गरिनेछ

No comments: