
किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्नराई रमेश गाउँले-जाती,भाष,क्षेत्र संघीयताको आधार,किरात स्वायत्त राज्य हाम्रो अधिकार भन्ने नाराका साथ किरात राई यायोक्खा शाखा कतारले आफनो तेस्रो साधारण सभा संपन्न गरेको छ । उक्त सभाले चन्द्रशेर राईको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । जस्को उपाध्यक्षद्धय दिनेश चाम्लिङ्ग राई र ओमीराज राई,सचिव धिरज राई,सहसचवि भविन्द्र राई,कोषाध्यक्ष दिपेन्द्र राई,सहकोषाध्यक्ष अष्ट जेरुङ्ग राई सदस्यहरुमा लालकुमार राई,दीपक राई,भरत कुमार वाम्वुले राई,मुगाधन राई,श्रीकुमार राई,सन्तोष वाम्वुले राई,र्सइन्द्र राई,कईन्द्र राई,राजेन्द्र राई,कर्ण बहादुर राई “माईला” रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई किराया शाखा कतारका संस्थापक सदस्य इन्द्र राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम ढाका रेष्टुरेण्ट नेशनलमा संपन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रको संचालन शाखाका सचिव राई रमेश गाउँले,सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई र स्वागत मन्तव्य शाखाका उपाध्यक्ष जनक वाम्वुले राईले गर्नुभएको सो कार्यक्रमका प्रमुख आतिथ्य नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग,विषेश अतिथिद्धयमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष सागर नेपाल,नवनिर्वाचित मध्येपर्ूव संयोजक वद्री प्रसाद पाण्डे,अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा कतार प्रतिनिधी प्रज्ञान उदास, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कतारमा माहासचिव वील गुरुङ्ग,समाजसेवी तथा उद्योग व्यावशायी टि.वि. कार्की,समाजसेवी लक्षमण खतिवडा,प्रवासी नेपाली सर्ंपर्क मञ्चका कार्यवाहक अध्यक्ष छविलाल वि.क.,जन प्रगतिशिल मञ्चका सचिव दील कुमार लिम्वु,नेपाल प्रवासी तामाङ्ग समाजका कार्यवाहक अध्यक्ष शंखलाल तामाङ्ग,नेपाल प्रवासी मगर संघका नि वर्तमान अध्यक्ष छत्र घले,किरात याक्थुङ्ग चुम्लुङ्ग शाखा कतारका द्धितिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक,थारु कल्याणकारी सभा कतार च्याप्टरका सभापतिर् इ.विद्यानन्द चौधरी,तमु वौद्ध सेवा समिति शाखा कतार उपाध्यक्ष लक्ष्मी गुरुङ,उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,उपाध्यक्ष गजेन्द्र दाहाल,खोटाङ युवा जागृति सेवा समाज कतारका अध्यक्ष राम गुरुङ,सचिव हरिकुमार वस्नेत,नवोदित साहित्य वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठ,सुनसरी सृजनसिहल समुहका कोषाध्यक्ष नरेश राई,खोटाङ हलेसी वचत तथा ऋण समुहका उपाध्यक्ष सम्वर व. राई,भोजपुर सेवा समाजका सचिव राजेन्द्र राई लगायतका माहानुभावहरुको उपस्थितीरहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिद्धारा मैन वत्ति वालेर र विषेशअतिथिद्धय द्धारा व्यानर खोलेर उद्घाटन गरीएको उक्त कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण,राष्ट्रियगानका साथ सुरु गरीएको सो कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय कार्यालयवाट अध्यक्ष सुमाया राईको हस्ताक्षर सहति प्राप्त भएको शुभकामना पत्र पनि पढेर सुनाईएको थियो । कार्यक्रममा वोल्दै सो कार्यक्रमको प्रमुखअतिथि अमृत गुरुङ्गले हामी जनजातीलाई सरकारले नै पछि पारेको हो । यदी त्यसो हैन भने किन अहिले सवै क्षेत्रमा आरक्षण गर्नुप-यो । सरकारले जनजातीका धर्म,भाषा,संस्कृति,भेष भुषालाई गहना भने पनि केही त्यसको संरक्षण र सम्वर्धनमा केही नगरेको वतउनुभयो । हामीले जनजातीले आफ्नो हक र अधिकार माग्दा अरु साथीहरुले अत्तालिनु पर्ने अवस्था नरहेको र नडराउन अनुरोध गर्दै हामी जनजाती आफ्नो अधिकार मात्र कुरा गर्दैनौ हामीलाई हाम्रो कर्तव्य पनि थाहा छ भन्नुभयो । अहिले संविधान सभामा पनि सवै पार्टि जनजाति सभासदहरुको एउटा समुह वनाएर जनजातीको कुराहरुलाई आगामी संविधानमा सामेल गर्नलाई लागी परीरहेका छन् । उनीहरुसम्म हामीले सुझावहरु पु-याउनु हाम्रो कर्तव्य भएकोले हामीले आफ्नो आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने वताउँदै किराया शाखाको अघिल्लो कार्यसमितिको जनजाती आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्दै आगामी वन्ने कार्यसमिति अझ दर्विलो वनोस भन्ने शुभकामना दिनुभयो । यसै गरी सोही अवसरमा वोल्दै एन.आर.एन.ए.आई.सि.सि.का नवनिर्वाचित उपाध्यक्ष सागर नेपालले आफ्नो सफलताको श्रेय कतारवासी माहानुभावहरु माझ दिन चाहन्छु भन्दै मैले गलत गरे भने तपाईहरुले नै मलाई सजाएको भागी वनाउन सक्नुहुन्छ भन्दै यस शाखाको अधिवेशनवाट वन्ने नयाँ समितिको कार्यसफलताको कामना गर्नुभयो । सोही अवसरमा वोल्दै नव निर्वाचित मध्येपूर्व संयोजक वद्री प्रसाद पाण्डेले चुनावी माहोलमा जे भए पनि अव काम सवैले सँगै मिलेर गर्नु पर्ने भएकोले चुनाव अघि र चुनावी प्रक्रियामा भएका सम्पूर्ण कुराहरुलाई भुलेर सहकार्य गर्नको लागी आव्हान गर्नुभयो । शुभकामना मन्तत्वय दिने क्रममा उद्योग व्याशायी तथा समाजसेवी टि.वि. कार्कीले कोषाध्यक्ष पदमा चुनाव आफुले हारे पनि दुइ दिनको अन्तरमा उम्मेदारी दिएर पनि झिनो मतको अन्तरले मात्र पराजय भएको जानकारी गराउँदै म कुनै पदमा नरहे पनि कतारका संगठनहरु सँग सदैव रही रहने जानकारी दिनुभएको थियो । सो अवसरमा समाजसेवी लक्ष्मण खतिवडा,राम गुरुङ्ग,लक्ष्मी गुरुङ्ग,छत्र घले,इ.विद्यानन्द चौधरी,लोकेन्द्र तुम्रोक,शंखलाल तामाङ्ग,भोजराज श्रेष्ठ आदिले पनि वोल्नुभएको थियो । कार्यक्रममा भरत राई,महेश राई,दीपेन्द्र राई,सन्त राई,दीपक राई,प्रवेशराई मिलन राईको समुहले साकेला नृत्य प्रस्तुत गरेका थिए भने सविन राई,राज राईले गीत,प्रविन राईले कविता र अष्ट जेरुङ्ग राईले गजल प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment