महावीर पुनलाई म्यागासेसे
संसारभरका सञ्चार प्रविधि विज्ञहरुलाई प्रेरणा दिदैं वायरलेस कम्प्युटर फोनबाट नेपालको दुर्गम हिमाली वस्तीमा इमेल र इन्टरनेट प्रविधि पुर्याउन सफल म्याग्दी नाङ्गी गाउँका महावीर पुनलाई 'एसियाको नोबेल' पुरस्कार मानिने म्यागासासे पुरस्कारवाट सम्मानित गरिने भएको छ ।
पुनलाई यसअघि सन् २००४ मा बेलायतको ग्लोबल आइडिया ब्याङ्क नामक संस्थाले ओभरअल सोसियल इनोभेसन अवार्ड दिइसकेको छ । यसअघि सन् २००६ मा तिलगङ्गा आँखा केन्द्रका डा. सन्दुक रुइतले सो पुरस्कार प्राप्त गरेका थिए ।
४५ वर्षअघि म्याग्दीको राम्चे-२ नाङ्गी गाउँमा जन्मिएका महावीरको निम्न माध्यमिक विद्यालय तहसम्मको पढाइ गाउँमै भएको थियो । ब्रीटिस गोर्खाका लाहुरे बाबु चितवन जिल्लामा बसाइसराई गरेपछि उनले त्यहीबाट एसएलसी र अमृत साइन्स क्याम्सबाट विएस्सी पास गरे ।
स्वाभिमानी स्वभावका पुनले १२ वर्षसम्म अध्यापन पेशा अँगालेका थिए । तत्कालीन प्रशासकहरुसँग बेमेल भएपछि अध्यापन पेशा त्यागेर विदेशिएका पुन अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षा विषयमा 'ब्याचलर डिग्री' गरी १२ वर्षपहिले नेपाल फर्किएका थिए ।
जन्मथलोमा केही गरौं भन्ने भावनाले ओतप्रोत पुन अमेरिकाबाट अध्ययन सकेर फर्केपछि सोझै जन्मथलो नाङ्गी पुगे र गाउँलेहरुलाई जम्मा गरी गाउँ विकासको योजना सुनाए । अमेरिकामा पढेको मान्छेले ठूलो जागिर मात्र खान्छन् भन्ने भ्रममा रहेका गाउँलेहरुले पुनको कुरा सुरुमा पत्याएनन् पनि । पुन मगरहरुको मात्र वस्ती भएको नाङ्गी गाउँमा मावि तहको विद्यालय थिएन त्यसैले पुनकै सक्रियतामा स्थानीय स्रोतबाट मावि तहको विद्यालय चलाइयो र सुरु भयो कम्प्युटर शिक्षा ।
अहिले उनको विद्यालयमा करीव ४० वटा कम्प्युटर छन् । अक्कले विद्यालय सञ्चालन गर्न आयस्रोत जुटाउने र भविष्यमा बन्ने विद्यालयको खाका तयार पारी उनले वेवसाइटमा राखे । सँगै अमेरिकामा पढ्दाका साथीसङ्गीहरुलाई इमेल लेखेर आफूले गर्न चाहेको कामबारे जानकारी गराए । त्यहीँबाट उनको विद्यालयमा विदेशबाट आर्थिक तथा प्राविधिक सहयोगको ओइरो लागेको हो ।
भाङ्ग्रा भिरेको, हाफ पाइन्ट लगाएको र खाली खुट्टामा दिनभरि काम गरिरहेको देख्दा जो कोही पनि यस्तो पुरस्कार पाउलान् भनि सोच्दैनन् । तिनै झुत्रो देखिने व्यक्ति नै मास्टर माइण्ड महावीर हुन । उनको विद्यालयका सबै कम्प्युटरका बाकसहरु काठले बनेका छन् ।
२०५८ मा पुनले अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट कार्डलाई गाउँमा ल्याई स्थानीय सीपको प्रयोग गरी विश्वमै पहिलोपटक ८० किलोमिटर टाढा हिमाञ्चल माध्यमिक विद्यालयमा वायरलेस इन्टरनेट प्रविधि पुर्याउन सफल भए । उनले विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना राखेका छन् भने गाउँमा फालिएका सिलट र स्टिलका सामग्रीहरु प्रयोगमा ल्याएका छन् ।
हिमाञ्चल मावि सदरमुकाम बेनीदेखि उत्तरपूर्वी डाँडामा अवस्थित छ । यहाँ पुग्न पैदल १० घण्टा उकालो हिँड्नुपर्छ । अहिले हिमाञ्चल माविले छिमेकी देउराली निमावि राम्चे, शिख मावि, पाउद्वार मावि, मुक्तिमार्ग मावि घार र खोप्रालेक गरी पाँच विद्यालयमा वायरलेस कम्प्युटर फोन नेटवर्कमार्फत इन्टरनेट सुविधा पुर्याएका छन् । यी सबै विद्यालय एक आपसमा १० किमीभन्दा बढी दूरीमा रहेका छन् ।
विद्यालयमा वायरलेस इन्टरनेट सेवा पुगेपछि ती विद्यालयमा अध्ययनरत तीन सयभन्दा बढी विद्यार्थी, शिक्षक र गाउलेहरुसँग इमेलमा पत्राचार गर्न सकिन्छ भने ती विद्यालयका बारेमा वेभसाइटमा जानकारी प्राप्त गर्न सकिन्छ । हिमाञ्चल मावि र पाउद्धार मावि जिल्लामा कम्प्युटर विषयमा अध्यापन गराउने पहिलो विद्यालय हुन् ।
सन् १९५७ मा फिलिपिन्सका पूर्व राष्ट्रपति रोमन म्यागासेसेको नाममा स्थापित ५० हजार डलरको रहेको छ ।
5 comments:
Mahabir Pun is our Great person. i hurtly Feeling so we can Join with him.
Mahabir pun is great person for the world. due to, i like very very much.
Numa kiratee.
शुभकामना छ राम भाई
मैले तपाईको ब्लग हेरेँ । धेरै राम्रो छ । महावीर पुनलाई म्यागेसेसे २ वर्ष अगाडि दिइएको हा भाईले भर्खरै पाएको जस्तो समाचार प्रकाशित गर्नुभएको रहेछ । बरु लेखको रुपमा तपाईको विचारसहित जानकारीमुख लेख बनाउनुभएको भए राम्रो हुन्थ्यो ।
देवेन्द्र सुर्केली
Devendra G lai blog heri comment garnu bhekoma dhanyabad. maile ta khas ma yo mahabir pun bare jankari hos bhanera matra ho hai yo kura sabaima spastikaran garauna chahan6u.
BLOGGER Ram mukarung, Nepal. journalistram@gmail.com
Devendra G lai blog heri comment garnu bhekoma dhanyabad. maile ta khas ma yo mahabir pun bare jankari hos bhanera matra ho hai yo kura sabaima spastikaran garauna chahan6u.
BLOGGER Ram mukarung, Nepal. journalistram@gmail.com
Post a Comment