Tuesday, January 19, 2010

मुक्ति Ram mukarung

हार संगै जितको सपना बोकेर
मुक्ति यात्राको लाम कस्नेहरू
तारे भीर जस्तो बिपना साचेर
लम्बेतान सिखरको पाइला चाल्नेहरू
उज्यालो भाविस्योत्तर हिड्दईछन
रातो गोरेटो छिर्दै छन

टालेको सपना  पसीना संगै
खातखात माटोमा पोख्नेहरू
आसातित आँखा रसाउदै
अविचलित  क्रान्तिमा जुटेका छान
महली आंशु  पिएर
भोक संगै जिउने मान्छेहरु
सदालाई भोक मेट्दै छन
समान आंशु खोज्दै  छन
सिमान्तकृत अस्तित्व  बाँचेर
शासनी ओझेल्मा परेकाहरू
सह-अस्तित्व सोध्दै छन
सुनौलो इतिहांस रोज्दै छन
पुरातन इतिहांस तोड्दै छन
हार संगै जितको ............
              ४ माघ २०६६ नयाबानेश्वर,  काठमांडू
journalistram@gmail.com