Microsoft Unleashes Bevy of Windows Mobile 6.5 Phones
Windows Mobile 6.5 is now available. HTC is stepping up in the biggest way, with the HTC Pure, HTC Imagio, HTC Ozone, and HTC Tilt 2 . Samsung's also warming to WinMo with the Samsung Intrepid. If you believe that the operating system is the heart and soul of any smartphone, you're probably more interested in Windows Mobile 6.5 itself than the hardware it's on. Microsoft's mobile platform is decidedly less flashy than the iPhone or Palm's WebOS, but it'll get you through the work day with its eye towards productivity.
Sure, the reviews are pretty dismal so far, calling it a mostly cosmetic update that isn't worth an upgrade to a new phone, but we know some of you don't care what the critics say: It's WinMo or bust, and only the newest version will do.
All those WinMo enthusiasts--we know you're out there somewhere--have some choices to make. So here's our gallery of the five latest Windows Mobile 6.5 phones, looking all slick in their marketing photos. As with any phone, choose wisely.
(IMAGE: Ballmer speaks at a press conference during the 2009 Mobile World Congress. Compliments of Microsoft)
Wednesday, November 25, 2009
Wednesday, November 18, 2009
किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्नराई

किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्नराई रमेश गाउँले-जाती,भाष,क्षेत्र संघीयताको आधार,किरात स्वायत्त राज्य हाम्रो अधिकार भन्ने नाराका साथ किरात राई यायोक्खा शाखा कतारले आफनो तेस्रो साधारण सभा संपन्न गरेको छ । उक्त सभाले चन्द्रशेर राईको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । जस्को उपाध्यक्षद्धय दिनेश चाम्लिङ्ग राई र ओमीराज राई,सचिव धिरज राई,सहसचवि भविन्द्र राई,कोषाध्यक्ष दिपेन्द्र राई,सहकोषाध्यक्ष अष्ट जेरुङ्ग राई सदस्यहरुमा लालकुमार राई,दीपक राई,भरत कुमार वाम्वुले राई,मुगाधन राई,श्रीकुमार राई,सन्तोष वाम्वुले राई,र्सइन्द्र राई,कईन्द्र राई,राजेन्द्र राई,कर्ण बहादुर राई “माईला” रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई किराया शाखा कतारका संस्थापक सदस्य इन्द्र राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम ढाका रेष्टुरेण्ट नेशनलमा संपन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रको संचालन शाखाका सचिव राई रमेश गाउँले,सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई र स्वागत मन्तव्य शाखाका उपाध्यक्ष जनक वाम्वुले राईले गर्नुभएको सो कार्यक्रमका प्रमुख आतिथ्य नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग,विषेश अतिथिद्धयमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष सागर नेपाल,नवनिर्वाचित मध्येपर्ूव संयोजक वद्री प्रसाद पाण्डे,अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा कतार प्रतिनिधी प्रज्ञान उदास, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कतारमा माहासचिव वील गुरुङ्ग,समाजसेवी तथा उद्योग व्यावशायी टि.वि. कार्की,समाजसेवी लक्षमण खतिवडा,प्रवासी नेपाली सर्ंपर्क मञ्चका कार्यवाहक अध्यक्ष छविलाल वि.क.,जन प्रगतिशिल मञ्चका सचिव दील कुमार लिम्वु,नेपाल प्रवासी तामाङ्ग समाजका कार्यवाहक अध्यक्ष शंखलाल तामाङ्ग,नेपाल प्रवासी मगर संघका नि वर्तमान अध्यक्ष छत्र घले,किरात याक्थुङ्ग चुम्लुङ्ग शाखा कतारका द्धितिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक,थारु कल्याणकारी सभा कतार च्याप्टरका सभापतिर् इ.विद्यानन्द चौधरी,तमु वौद्ध सेवा समिति शाखा कतार उपाध्यक्ष लक्ष्मी गुरुङ,उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,उपाध्यक्ष गजेन्द्र दाहाल,खोटाङ युवा जागृति सेवा समाज कतारका अध्यक्ष राम गुरुङ,सचिव हरिकुमार वस्नेत,नवोदित साहित्य वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठ,सुनसरी सृजनसिहल समुहका कोषाध्यक्ष नरेश राई,खोटाङ हलेसी वचत तथा ऋण समुहका उपाध्यक्ष सम्वर व. राई,भोजपुर सेवा समाजका सचिव राजेन्द्र राई लगायतका माहानुभावहरुको उपस्थितीरहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिद्धारा मैन वत्ति वालेर र विषेशअतिथिद्धय द्धारा व्यानर खोलेर उद्घाटन गरीएको उक्त कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण,राष्ट्रियगानका साथ सुरु गरीएको सो कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय कार्यालयवाट अध्यक्ष सुमाया राईको हस्ताक्षर सहति प्राप्त भएको शुभकामना पत्र पनि पढेर सुनाईएको थियो । कार्यक्रममा वोल्दै सो कार्यक्रमको प्रमुखअतिथि अमृत गुरुङ्गले हामी जनजातीलाई सरकारले नै पछि पारेको हो । यदी त्यसो हैन भने किन अहिले सवै क्षेत्रमा आरक्षण गर्नुप-यो । सरकारले जनजातीका धर्म,भाषा,संस्कृति,भेष भुषालाई गहना भने पनि केही त्यसको संरक्षण र सम्वर्धनमा केही नगरेको वतउनुभयो । हामीले जनजातीले आफ्नो हक र अधिकार माग्दा अरु साथीहरुले अत्तालिनु पर्ने अवस्था नरहेको र नडराउन अनुरोध गर्दै हामी जनजाती आफ्नो अधिकार मात्र कुरा गर्दैनौ हामीलाई हाम्रो कर्तव्य पनि थाहा छ भन्नुभयो । अहिले संविधान सभामा पनि सवै पार्टि जनजाति सभासदहरुको एउटा समुह वनाएर जनजातीको कुराहरुलाई आगामी संविधानमा सामेल गर्नलाई लागी परीरहेका छन् । उनीहरुसम्म हामीले सुझावहरु पु-याउनु हाम्रो कर्तव्य भएकोले हामीले आफ्नो आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने वताउँदै किराया शाखाको अघिल्लो कार्यसमितिको जनजाती आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्दै आगामी वन्ने कार्यसमिति अझ दर्विलो वनोस भन्ने शुभकामना दिनुभयो । यसै गरी सोही अवसरमा वोल्दै एन.आर.एन.ए.आई.सि.सि.का नवनिर्वाचित उपाध्यक्ष सागर नेपालले आफ्नो सफलताको श्रेय कतारवासी माहानुभावहरु माझ दिन चाहन्छु भन्दै मैले गलत गरे भने तपाईहरुले नै मलाई सजाएको भागी वनाउन सक्नुहुन्छ भन्दै यस शाखाको अधिवेशनवाट वन्ने नयाँ समितिको कार्यसफलताको कामना गर्नुभयो । सोही अवसरमा वोल्दै नव निर्वाचित मध्येपूर्व संयोजक वद्री प्रसाद पाण्डेले चुनावी माहोलमा जे भए पनि अव काम सवैले सँगै मिलेर गर्नु पर्ने भएकोले चुनाव अघि र चुनावी प्रक्रियामा भएका सम्पूर्ण कुराहरुलाई भुलेर सहकार्य गर्नको लागी आव्हान गर्नुभयो । शुभकामना मन्तत्वय दिने क्रममा उद्योग व्याशायी तथा समाजसेवी टि.वि. कार्कीले कोषाध्यक्ष पदमा चुनाव आफुले हारे पनि दुइ दिनको अन्तरमा उम्मेदारी दिएर पनि झिनो मतको अन्तरले मात्र पराजय भएको जानकारी गराउँदै म कुनै पदमा नरहे पनि कतारका संगठनहरु सँग सदैव रही रहने जानकारी दिनुभएको थियो । सो अवसरमा समाजसेवी लक्ष्मण खतिवडा,राम गुरुङ्ग,लक्ष्मी गुरुङ्ग,छत्र घले,इ.विद्यानन्द चौधरी,लोकेन्द्र तुम्रोक,शंखलाल तामाङ्ग,भोजराज श्रेष्ठ आदिले पनि वोल्नुभएको थियो । कार्यक्रममा भरत राई,महेश राई,दीपेन्द्र राई,सन्त राई,दीपक राई,प्रवेशराई मिलन राईको समुहले साकेला नृत्य प्रस्तुत गरेका थिए भने सविन राई,राज राईले गीत,प्रविन राईले कविता र अष्ट जेरुङ्ग राईले गजल प्रस्तुत गरेका थिए ।
Friday, October 2, 2009
इतिहाँस मान्छे
कायापलट भोगेका यूगभरी
घाम आगोको लप्का पिउदै
न्यायक्रान्तिको विद्रोहसँग
मितेरी गाँसेका मान्छेहरू
अनगिन्ति जुद्धका प्राचिरभित्र
समरमा फेरीएका निरोहरू
सदालाई इतिहाँस च्यापेर बढे
तन,मन, बचन र कर्मले लडे
लडेर हाँसे, मरेर बाँचे
भूगोलको आलो माटो भरी
राप पचेका मान्छेहरू
ताप पचेका मान्छेहरू
चर्को घामले डढाइएकाहरू
हिंउ जस्तो चिसोले सताइएकाहरू
नियतीले च्यापीएका भिमकायहरू
सहीद भएर बाँचेकाहरू
जित खोज्दै जितऐ बाँचे
ईतिहाँस सांचेर बाँचे
उनै इतिहाँसका सच्चा मान्छे
इतिहाँस मान्छे
घाम आगोको लप्का पिउदै
न्यायक्रान्तिको विद्रोहसँग
मितेरी गाँसेका मान्छेहरू
अनगिन्ति जुद्धका प्राचिरभित्र
समरमा फेरीएका निरोहरू
सदालाई इतिहाँस च्यापेर बढे
तन,मन, बचन र कर्मले लडे
लडेर हाँसे, मरेर बाँचे
भूगोलको आलो माटो भरी
राप पचेका मान्छेहरू
ताप पचेका मान्छेहरू
चर्को घामले डढाइएकाहरू
हिंउ जस्तो चिसोले सताइएकाहरू
नियतीले च्यापीएका भिमकायहरू
सहीद भएर बाँचेकाहरू
जित खोज्दै जितऐ बाँचे
ईतिहाँस सांचेर बाँचे
उनै इतिहाँसका सच्चा मान्छे
इतिहाँस मान्छे
Friday, August 21, 2009
महावीर पुनलाई म्यागासेसे
महावीर पुनलाई म्यागासेसे
संसारभरका सञ्चार प्रविधि विज्ञहरुलाई प्रेरणा दिदैं वायरलेस कम्प्युटर फोनबाट नेपालको दुर्गम हिमाली वस्तीमा इमेल र इन्टरनेट प्रविधि पुर्याउन सफल म्याग्दी नाङ्गी गाउँका महावीर पुनलाई 'एसियाको नोबेल' पुरस्कार मानिने म्यागासासे पुरस्कारवाट सम्मानित गरिने भएको छ ।
पुनलाई यसअघि सन् २००४ मा बेलायतको ग्लोबल आइडिया ब्याङ्क नामक संस्थाले ओभरअल सोसियल इनोभेसन अवार्ड दिइसकेको छ । यसअघि सन् २००६ मा तिलगङ्गा आँखा केन्द्रका डा. सन्दुक रुइतले सो पुरस्कार प्राप्त गरेका थिए ।
४५ वर्षअघि म्याग्दीको राम्चे-२ नाङ्गी गाउँमा जन्मिएका महावीरको निम्न माध्यमिक विद्यालय तहसम्मको पढाइ गाउँमै भएको थियो । ब्रीटिस गोर्खाका लाहुरे बाबु चितवन जिल्लामा बसाइसराई गरेपछि उनले त्यहीबाट एसएलसी र अमृत साइन्स क्याम्सबाट विएस्सी पास गरे ।
स्वाभिमानी स्वभावका पुनले १२ वर्षसम्म अध्यापन पेशा अँगालेका थिए । तत्कालीन प्रशासकहरुसँग बेमेल भएपछि अध्यापन पेशा त्यागेर विदेशिएका पुन अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षा विषयमा 'ब्याचलर डिग्री' गरी १२ वर्षपहिले नेपाल फर्किएका थिए ।
जन्मथलोमा केही गरौं भन्ने भावनाले ओतप्रोत पुन अमेरिकाबाट अध्ययन सकेर फर्केपछि सोझै जन्मथलो नाङ्गी पुगे र गाउँलेहरुलाई जम्मा गरी गाउँ विकासको योजना सुनाए । अमेरिकामा पढेको मान्छेले ठूलो जागिर मात्र खान्छन् भन्ने भ्रममा रहेका गाउँलेहरुले पुनको कुरा सुरुमा पत्याएनन् पनि । पुन मगरहरुको मात्र वस्ती भएको नाङ्गी गाउँमा मावि तहको विद्यालय थिएन त्यसैले पुनकै सक्रियतामा स्थानीय स्रोतबाट मावि तहको विद्यालय चलाइयो र सुरु भयो कम्प्युटर शिक्षा ।
अहिले उनको विद्यालयमा करीव ४० वटा कम्प्युटर छन् । अक्कले विद्यालय सञ्चालन गर्न आयस्रोत जुटाउने र भविष्यमा बन्ने विद्यालयको खाका तयार पारी उनले वेवसाइटमा राखे । सँगै अमेरिकामा पढ्दाका साथीसङ्गीहरुलाई इमेल लेखेर आफूले गर्न चाहेको कामबारे जानकारी गराए । त्यहीँबाट उनको विद्यालयमा विदेशबाट आर्थिक तथा प्राविधिक सहयोगको ओइरो लागेको हो ।
भाङ्ग्रा भिरेको, हाफ पाइन्ट लगाएको र खाली खुट्टामा दिनभरि काम गरिरहेको देख्दा जो कोही पनि यस्तो पुरस्कार पाउलान् भनि सोच्दैनन् । तिनै झुत्रो देखिने व्यक्ति नै मास्टर माइण्ड महावीर हुन । उनको विद्यालयका सबै कम्प्युटरका बाकसहरु काठले बनेका छन् ।
२०५८ मा पुनले अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट कार्डलाई गाउँमा ल्याई स्थानीय सीपको प्रयोग गरी विश्वमै पहिलोपटक ८० किलोमिटर टाढा हिमाञ्चल माध्यमिक विद्यालयमा वायरलेस इन्टरनेट प्रविधि पुर्याउन सफल भए । उनले विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना राखेका छन् भने गाउँमा फालिएका सिलट र स्टिलका सामग्रीहरु प्रयोगमा ल्याएका छन् ।
हिमाञ्चल मावि सदरमुकाम बेनीदेखि उत्तरपूर्वी डाँडामा अवस्थित छ । यहाँ पुग्न पैदल १० घण्टा उकालो हिँड्नुपर्छ । अहिले हिमाञ्चल माविले छिमेकी देउराली निमावि राम्चे, शिख मावि, पाउद्वार मावि, मुक्तिमार्ग मावि घार र खोप्रालेक गरी पाँच विद्यालयमा वायरलेस कम्प्युटर फोन नेटवर्कमार्फत इन्टरनेट सुविधा पुर्याएका छन् । यी सबै विद्यालय एक आपसमा १० किमीभन्दा बढी दूरीमा रहेका छन् ।
विद्यालयमा वायरलेस इन्टरनेट सेवा पुगेपछि ती विद्यालयमा अध्ययनरत तीन सयभन्दा बढी विद्यार्थी, शिक्षक र गाउलेहरुसँग इमेलमा पत्राचार गर्न सकिन्छ भने ती विद्यालयका बारेमा वेभसाइटमा जानकारी प्राप्त गर्न सकिन्छ । हिमाञ्चल मावि र पाउद्धार मावि जिल्लामा कम्प्युटर विषयमा अध्यापन गराउने पहिलो विद्यालय हुन् ।
सन् १९५७ मा फिलिपिन्सका पूर्व राष्ट्रपति रोमन म्यागासेसेको नाममा स्थापित ५० हजार डलरको रहेको छ ।

वायरलेस प्रविधि
डकुमेन्ट स्वतन्त्रता
यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न थालेका छन्। तर वास्तवमा यो डकुमेन्ट स्वतन्त्रता (अर्थात्, document freedom) के हो त, यो कसरी प्राप्त गर्ने र यसका के के फाइदाहरू छन्। यस विषयमा केही छलफल गरौं।
डकुमेन्ट स्वतन्त्रता भन्नाले आफूले प्रयोग गर्ने कुनै पनि कम्प्युटरका डकुमेन्ट कुनै सफ्टवेयर वा प्रणालीमा बाँधिएर बस्नु नपर्ने, तथा त्यस्ता डकुमेन्टलाई कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिने तरिका खुला हुने अवस्थालाई जनाउँछ। सबैभन्दा राम्रो उदाहरणको रुपमा हामी कम्प्युटरमा केही लेख्न तथा भण्डारण गर्न प्रयोग हुने माइक्रोसफ्ट को वर्ड सफ्टवेयरले बनाउने .doc फाइललाई लिन सक्छौ। यस माइक्रोसफ्ट वर्डले हामीले लेखेको कुरा कम्प्युटरमा .doc फाइलका रुपमा कसरी राख्ने गर्छ, वा त्यस .doc फाइलमा हामीले लेखेको कुन तरिकाले भण्डारण गरिएको हुन्छ भन्ने हामी मध्ये धेरैलाई लाग्न सक्छ। तर सत्य के हो भने त्यस .doc फाइलमा हामीले लेख्ने गरेको कुरा कसरी राखिन्छ भन्ने कुरा पूर्ण रुपमा माइक्रोसफ्ट बाहेक कसैलाई पनि थाहा छैन। .doc फाइल को आन्तरिक बनावट तथा यस सम्बन्धी प्रविधि पूर्ण रुपमा गोप्य राखिएको छ। यस्ता फाइलहरू स्वतन्त्र डकुमेन्ट भित्र पर्दैनन्। .doc को सट्टामा .odt (अर्थात् Open Document Text) जस्ता लेखेको कुरा कम्प्युटरमा भण्डारण गर्ने पनि फाइल प्रणालीहरू रहेका छन् र यस्ता प्रणालीको काम गर्ने सम्पूर्ण तरिका खुला रुपमा इन्टरनेटमा राखिएको छ। यसकारण .odt प्रणालीलाई खुला डकुमेण्ट प्रणाली भन्न सकिन्छ। र यस्ता प्रणालीको प्रयोग गरि लेखिएको डकुमेन्टलाई स्वतन्त्र डकुमेन्ट भन्ने गरिन्छ।
बन्द डकुमेन्टमा यसको आन्तरिक कार्य गर्ने तरिका गोप्य हुने भएकाले गर्दा यस्ता डकुमेन्टलाई खोल्न वा लेख्न त्यस डकुमेन्ट प्रणालीका निर्माताले बनाएको सफ्टवेयर नै चाहिने हुन्छ। उदाहरणको लागि .doc फाइल ठीक तरिकाले खोल्नका निम्ति Microsoft Word नै चाहिने हुन्छ। यसले गर्दा धेरै नै समस्याहरू आउने हुन्छ।
सर्वप्रथम त, बन्द डकुमेन्ट प्रणालीका कारणले गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने हुन्छ, जुन आफैमा नराम्रो कुरा हो। यसरी कुनै सफ्टवेयरमा बाँधिएर बस्नुका दीर्घकालीन समस्याहरू हुने गर्दछन्। जस्तै कि तपाईँले निकै वर्ष देखि Microsoft Word को .doc फाइल प्रणालीको प्रयोग गर्नु हुन्छ भने भविष्यमा पनि यसै सफ्टवेयर प्रयोग गर्न बाध्य हुनु पर्छ। त्यस्तै अन्य राम्रा सफ्टवेयर उपलब्ध भए पनि बन्द प्रकारका डकुमेन्टकै कारणले आफुले प्रयोग गरिराखेकै सफ्टवेयर परिवर्तन गर्न गार्हो हुने गर्दछ। त्यसमाथि डकुमेन्टको प्रणाली परिवर्तन भएको खण्डमा त्यसको सफ्टवेयर पनि परिवर्तन हुने गर्दछ र प्रयोगकर्ता त्यस नयाँ सफ्टवेयर किन्न बाध्य हुनु पर्दछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरण पनि Microsoft को Word नै रहेको छ। हरेक नयाँ सँस्करण सँग .doc को प्रणाली परिवर्तन हुने गर्दछ, र त्यसलाई पुरानो सफ्टवेयरले खोल्न नसक्ने हुन्छ। यसका कारण नयाँ सफ्टवेयर किनेर कम्प्युटरमा हाल्नै पर्ने तथा आफ्ना पुरानो डकुमेन्टलाई पनि नयाँ प्रणालीमा परिवर्तन गरिराख्नु पर्ने हुन सक्छ।
यस्ता बन्द प्रकारका डकुमेन्टको प्रयोग गर्नाले आफूलाई मात्र नभइ अरुलाई पनि अप्ठ्यारोमा पार्ने हुन्छ। कुनै पनि डकुमेन्ट प्रयोग गर्ने पनि निश्चित सफ्टवेयर नै हुने गर्दछ। त्यसैले यस्ता डकुमेन्ट अरुलाई पठाउँदा डकुमेन्ट प्राप्त गर्ने व्यक्तिसँग त्यस सफ्टवेयर नभएको खण्डमा समस्या उत्पन्न हुन सक्छ।
बन्द डकुमेन्टको प्रयोग गर्दा सुरक्षाको पनि प्रश्न उठ्न सक्छ। बन्द प्रणालीका डकुमेन्टमा के कुरा कसरी राखिन्छ भन्ने कुराको जानकारी नभएका कारणले गर्दा त्यस डकुमेन्ट सुरक्षात्मक दृष्टिकोणबाट पनि उपयुक्त नहुन सक्छ। त्यस्तै यस्ता बन्द डकुमेन्टले गर्दा कम्प्युटरमा भाइरस तथा अन्य समस्या पनि नआउला भन्न सकिन्न। Microsoft Word तथा Excel मा लाग्ने भाइरस पनि यसैको उपज हुन्।
सामान्य रुपमा डकुमेन्ट भन्दा धेरैले Microsoft Word वा Excel का फाइल भन्ने बुझ्ने गर्दछन। तर डकुमेन्ट भन्नाले अन्य फोटो तथा संगीतका डकुमेन्टलाई पनि बुझाउने गर्दछ। जस्तै हामी धेरैले फोटो भण्डारण गर्न प्रयोग गर्ने BMP प्रणाली पनि बन्द प्रणाली हो। त्यस्तै गीतहरू भण्डारण गर्न प्रयोग गरिने MP3 लाई पनि बन्द प्रणाली मान्ने गरिन्छ।
डकुमेन्ट स्वतन्त्रता तथा बन्द डकुमेन्टको यति जानकारी पछि खुला डकुमेन्टका केही उदाहरण तिर लागौ। हामी धेरैले प्रयोग गर्ने .doc फाइल प्रणालीको सट्टामा .odt (अर्थात् Open Document Text) प्रयोग गर्न सकिन्छ। यस डकुमेन्ट प्रयोग गर्नका निम्ति धेरै सफ्टवेयरहरू रहेका छन्। सबैभन्दा राम्रो तथा चर्चित सफ्टवेयरमा Openoffice.org को Writer भन्ने सफ्टवेयर रहेको छ। त्यस्तै अर्को धेरै प्रयोग हुने .xls को सट्टामा .ods (अर्थात Open Document Spreadsheet) डकुमेन्ट प्रणाली रहेको छ। यसको निम्ति प्रयोग हुने सफ्टवेयर Openoffice.org को Spreadsheet नामको सफ्टवेयर रहेको छ।
त्यस्तै फोटो अनि सङ्गीतका निम्ति पनि खुला डकुमेन्ट प्रणालीहरू रहेका छन्। MP3 को सट्टामा OGG Vorbis नामको प्रणालीको प्रयोग गर्न सकिन्छ। त्यस्तै BMP वा GIF को सट्टामा PNG वा SVG प्रयोग गर्न सकिन्छ।
बन्द डकुमेन्टका धेरै फाइदाहरू हुने गर्दछन्। सबैभन्दा प्रमुख फाइदा स्वतन्त्रता नै हुने गर्दछ। खुला डकुमेन्ट प्रणाली प्रयोग गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने समस्या प्रयोगकर्तालाई हुँदैन। त्यस्तै आफूले प्रयोग गर्ने सफ्टवेयरको नयाँ सँस्करण निकालिएमा आफ्नो पनि सफ्टवेयर परिवर्तन गरिराख्नुपर्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ।
अर्को फाइदा भनेको पारदर्शिता हो। डकुमेन्टको प्रणाली पूर्ण रुपले खुला हुने हुँदा त्यसको प्रयोग तथा आदानप्रदानमा पनि पारदर्शिता रहने गर्दछ। बन्द प्रकारका सफ्टवेयरका कारणले गर्दा आफ्नो कम्प्युटरका गोप्य सूचना त्यस बन्द फाइलको माध्यमबाट बाहिर जाने पिर पनि गरिराख्नु पर्दैन। यसै डकुमेन्टको पारदर्शिताका कारणले गर्दा भाइरस जस्ता समस्याबाट पनि धेरै हदसम्म बच्न सकिन्छ। खुला डकुमेन्टकै प्रयोगबाट अहिले केही हदसम्म रहिआएको डिजिटल एकाधिकारबाट पनि बच्न सकिन्छ।
ब्लु टूथ प्रविधि
Bluetooth
यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न उपयोगिताको बारेमा केही चर्चा गरौँं।
Bluetooth अत्यन्त कम बिजुली खपत गर्ने छोटो दुरीको वायरलेस प्रविधि हो। यसरी छोटो दुरीमा रहेका कम्प्युटर तथा मोबाइल उपकरणहरूको बीच तार रहित सञ्जालको प्रयोग गरि Bluetooth प्रविधिद्वारा फाइल देखि श्रव्य-दृश्य सम्म आदानप्रदान गर्ने कार्य गर्न सकिन्छ। Bluetooth नाम डेनमार्कका राजा Harold Bluetooth बाट लिइएको हो। राजा Harold ले डेनमार्क, स्वीडेन तथा नर्वेलाई एकीकरण गर्ने कार्य गरेका थिए। यसरी नै विभिन्न कम्प्युटर तथा अन्य उपकरणहरूलाई एकै प्रकारको सञ्जाल प्रविधिले एकीकरण गर्ने उद्देश्यका निम्ति Bluetooth प्रविधिको विकास भएको हो। Bluetooth को सवैभन्दा रमाइलो पक्ष भनेको यसको ताररहित प्रविधि नै हो। Bluetooth को माध्यमद्वारा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्दा ती उपकरणहरूलाई एक अर्काको signal समात्ने ठाउँमा जता राखेपनि हुन्छ। जसले गर्दा तारका कारणले हुने झन्झट तथा उपकरणहरू राखिएको डेस्क फोहोर हुने समस्याबाट पनि बच्न सकिन्छ।
Bluetooth को प्रयोग मोबाइलमा फाइल आदानप्रदान गर्न धेरै प्रयोग हुने गरे तापनि यसको प्रयोग विभिन्न प्रयोजनका निम्ति हुने गर्दछ। मोबाइल प्रयोगकर्ताहरूका निम्ति Bluetooth, wireless headset को रुपमा पनि प्रयोग हुने गर्दछ। यस्ता wireless headset ले तपाईँको मोबाइल फोनसंग Bluetooth को माध्यमद्वारा आवाज आदानप्रदान गर्ने गर्दछ, जसको फलस्वरुप मोबाइल फोन खल्तीमै हाली wireless headset मात्र कानमा अड्काएर मोबाइलमा कुरा गर्न सकिन्छ।
धेरैले Bluetooth को प्रयोग मोबाइलमा मात्र हुने देखे पनि यसको प्रयोग कम्प्युटरमा पनि गर्न सकिन्छ। अचेल Bluetooth को माध्यमद्वारा कम्प्युटरसँग सम्पर्क गर्न सकिने किबोर्ड तथा माउसहरू उपलब्ध छन्, जसको माध्यमद्वारा किबोर्ड तथा माउसलाई तारको माध्यमद्वारा कम्प्युटरमै जोडिराख्नुपर्ने झन्झट हुँदैन। त्यस्तै यस्ता Bluetooth किबोर्ड तपाईँको मोबाइलमा टाइप गर्नका निम्ति पनि प्रयोग गर्न सकिन्छ।
Bluetooth लाई दुई वा दुई भन्दा बढी कम्प्युटर नेटवोर्किङ्ग गर्न पनि प्रयोग गर्न सकिन्छ। Bluetooth प्रणाली आफैमा पनि एक नेटवर्किङ्ग प्रणाली भएकाले अन्य कार्यका निम्ति Bluetooth को प्रयोग गर्दा पनि एक प्रकारको सञ्जालकै प्रयोग हुने गर्दछ।
त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि Bluetooth को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि Bluetooth को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै Bluetooth को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।
त्यस्तै Bluetooth प्रविधिको माध्यमद्वारा आफ्नो मोबाइल फोनलाई रिमोट कन्ट्रोलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी मोबाइलबाटै कम्प्युटरमा बजिरहेको गीत परिवर्तन गर्ने देखि लिएर कम्प्युटरका विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्न सकिन्छ।
यी त भए Bluetooth का केही प्रयोगहरू। अब लागौ Bluetooth प्रविधि तर्फ। Bluetooth २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीमा चल्ने गर्दछ। Bluetooth अन्यन्त कम दुरी १० मिटरका चल्ने गर्दछ र यसको गति ३०० किलोबाइट प्रति सेकेण्ड हुने गर्दछ। Bluetooth सञ्चालन हुने २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीले कडा बस्तु जस्तै भित्ता पनि पार गर्न सक्ने हुनाले Bluetooth उपकरणहरूले एक देखि अर्को कोठामा पनि वायरलेस सम्पर्क गर्न सक्दछ।
Bluetooth को प्रयोग हुने कुनै दुई उपकरण तदर्थ रुपमा बन्ने नेटवर्क को माध्यमद्वारा जोडिने गर्दछन्। Bluetooth प्रविधि भएका कुनै दुई उपकरणहरू संगै ल्याउदा ती उपकरणहरूले एक अर्कालाई चिनेर तत्कालै एक सञ्जालको माध्यमद्वारा जोडिने गर्दछन्। यस्ता सञ्जाललाई Ad-hoc Network भन्ने गरिन्छ। त्यस्तै आफ्नो दुरीबाट बाहिर गएमा त्यस्तो नेटवर्क तुरुन्तै टुट्ने पनि गर्दछ।
कुनै दुई Bluetooth भएका उपकरणहरू network मा जोडिएपछि ती दुई बीचमा फाइल आदानप्रदान गर्ने देखि लिएर बिभिन्न कार्यहरू गर्न सकिन्छ। यस्ता फरक फरक कार्य गर्नका निम्ति छुट्टा छुट्टै तरिकाहरू हुने गर्दछन्। यस्ता तरिकाहरूलाई प्रोटोकल भन्ने गरिन्छ। उदाहरणको निम्ति फाइल पठाउन, Bluetooth किबोर्ड तथा माउस प्रयोग गर्न अनि मोबाइल फोनलाई मोडेमको रुपमा प्रयोग गर्न छुट्टाछुट्टै प्रोटोकल हरू रहेका छन्।
Bluetooth को यति जानकारी पछि यसको प्रयोग कम्प्युटरमा कसरी गर्ने भन्ने तिर लागौ। अचेलका नयाँ ल्यापटपहरूमा Bluetooth को सुबिधा आन्तरिक रुपमै हुने भए तापनि डेस्कटप कम्प्युटरमा यो सुविधा नहुन पनि सक्छ। यसका निम्ति सानो पेनड्राइभ आकारको Bluetooth dongle नामको उपकरणको प्रयोग गर्नु पर्दछ। यस्ता उपकरणहरू बजारमा सजिलै किन्न पाइन्छन्।
यदि तपाई विन्डोज xp को SP2 भन्दा पहिलेको सँस्करण चलाउनुहुन्छ भने Bluetooth चलाउनका निम्ति Bluetooth dongle सैगै उपलब्ध हुने driver software कम्प्युटरमा हाल्नु पर्ने हुन्छ। तर यदी तपाई विन्डोज xp SP2 वा यो भन्दा नयाँ सँस्करणको प्रयोग गर्नु हुन्छ भने Bluetooth dongle लाई USB मा हाल्ने बित्तिकै यसको प्रयोग गर्न सक्नु हुन्छ।
त्यस्तै तपाई लिनक्सको प्रयोग गर्नु हुन्छ भने पनि यसमा Bluetooth को अत्यन्त राम्रो सुविधा रहेको छ, जसका निम्ति कुनै driver हालीरहनुपर्ने झन्झट हुदैन।
यसरी Bluetooth dongle कम्प्युटरमा हालीसकेपछि कम्प्युटरलाई मोबाईल वा कुनै कम्प्युटरसंग जोड्नका निम्ति pairing गर्नु जरुरी हुन्छ। pairing भन्नाले सामान्य रुपमा बुझ्दा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्न स्वीकृति प्रदान गर्नु भन्ने बुझिन्छ।
तत्कात वायरलेस सञ्जाल सुरु गर्न सक्ने भएकाले Bluetooth को सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। कुनै दुई Bluetooth उपकरणहरू जोड्दा pairing गर्नु जरुरी हुन्छ। त्यस्तै दुई Bluetooth उपकरणहरूले सूचना आदानप्रदान गर्दा सूचनालाई encrypt पनि गर्न सकिन्छ।
तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virus हरु यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चलाइराख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetooth को माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery mode लाई बन्द गर्नु नै राम्रो हुन्छ।
Bluetooth को माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetooth को क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि बिकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetooth को माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetooth को माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।

Saturday, July 25, 2009
Sunday, July 12, 2009
Monday, June 15, 2009
Information Technology
Subscribe to:
Comments (Atom)