Tuesday, December 13, 2011

What is Chip Technology?

What is Chip Technology?

 

 

A tiny, brilliant technology fuels a global transition.
Chip cards are the same size and shape as traditional plastic payment cards. But they are far more powerful. Each one contains a tiny computer that makes transactions safer, faster and filled with vastly more potential for both merchants and consumers.

During a face-to-face purchase, the chip card communicates with the Point of Sale (POS) terminal. It can validate the cardholder’s identity and record important transaction information. Consumers can make purchases with a chip card using either a Personal Identification Number (PIN) or a signature. PIN-based transactions offer advantages such as enhanced security and speed.

MasterCard and other payment industry leaders have developed a set of regulations for chip card transactions, known as the EMV standard. More than 155 million cards and 3 million terminals that accept MasterCard now comply with EMV worldwide. EMV-compliant POS terminals are designed to accept every chip card produced to that standard, worldwide.

Aside from its benefits, chip adoption has little effect on merchant operations. You retain the same acquirer relationship and the same network connections. The biggest change is PIN authentication in regions where signature is the longstanding authentication method.

http://www.sumanasinc.com/webcontent/animations/content/dnachips.html

http://www.sumanasinc.com/webcontent/animations/content/dnachips.html

Thursday, March 11, 2010

संबिधानमा विज्ञान -प्रविधि

संबिधानमा विज्ञान -प्रविधि
राम मुकारुड
          विकासको दृष्टिले अतिनैपछी परेको पहिलेको नेपाल अवैज्ञानिक राजनीतिक किचलो र कुर्सिको सघन खिचातानिले गर्दा दुरदृष्टि नजरमा वाक्लो तुवाँलो लागि रह्यो रुपमा थुप्रै अनुकुल विकासका संभावित योजनाहरु कोरीए। आश्वासनको ढाँण घारीमा निमुखा नेपाली जनता फसिरहे। कँगालपति र जरजरता परिस्थीति खोकीलामा च्यापेर बाँच्न विवश पारी रहियो। हुँदाहुँदा नेपाली परिप्रेक्षमा दश बर्षे कठोर रक्तपातपूर्ण जनयूद्ध पछि संघिय गणतन्त्रात्मक नेपालको स्थापना पछि नयाँ राजनीतिक चरणको शुरुवात भएको छ। संग संगै संविधान लेखन र संघिय राज्यव्यवस्था निर्माण कार्य अघि बढेको पनि छ। यसका लागि राज्यका सबै अँग क्रियाशिल बन्न थालेका छन्। राज्य निर्माणको नयाँ चरणमा विज्ञान प्रविधिको विकसलाई गुणस्तरीय रुपमा वृद्धि गर्न सहयोगि सीमांकन आवश्यक छ। प्रविधिले प्राकृतिक स्रोतको उपलब्धतालाई समन्वय गर्दै मानिसका आवश्यकतक्ता पुरा गर्ने गर्दछ। विज्ञानले तथ्य र आधारलाई संयोजन गरी नयाँ सिद्धान्त प्रतिपादन गर्दछ। विज्ञान प्रविधि र समाजको एकिकृत रुपनै विकास हो।
नेपालमा भएको प्राकृतिक स्रोतको जव पूर्ण रुपमा प्रयोग र सदुपयोग हुन्छ , तब प्रयोगिय आधार वढाउन प्रकृतिको राज्य सिमांकन हुनुपर्दछ। संघिय राज्य विभाजनले वैज्ञानिक प्रविधिलाई  स्थानीय स्तरमा लैजान आधारशिला तयार हुनुपर्दछ। यसका सुरुवात  विभाजनका आधारलाई पुरातनवादी हुनुहुँदैन। वैज्ञानीक रुपमा सहायक सिद्ध विभाजनका आधार प्राकृतिक विधाजन जलाधार विभाजन वा भौगोलिक विभाजन वा भूगोल वा प्राकृतिक स्रोत उपलब्धता र जनसंख्या वितरण वा यी सबैको संयोजन पनि हुन सक्छ।
संविधान देशको मुल कानुन हो। यसले खुलाएको बाटोमा आगामी कार्यप्रणाली अगाडी बड्ने हुन्छन्। त्यसकारण नयाँ शताब्दिको नयाँ संविधानले विज्ञान र प्रविधिको प्रयोग गरी स्वच्छ र स्वश्थ भएर जिउन पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा राख्न सक्नु पर्छ। यसबाहेक विज्ञान र प्रविधिको विकासकालागि अग्रगमनको बाटोतर्फ उन्मुख संविधान अहिलेको आवश्यक्ता हो। संगै विज्ञान र प्रविधिलाइृ समाजिक आर्थिक उन्नयनको एउटा पाटोकारुपमा बढाउन सक्नु पर्दछ। विगतका कठिनाई र चुनौतिको विश्लेषण गर्दैयोजना तर्जुमा गर्नु सक्नु पर्दछ। महत्व पूर्ण पक्ष चाहिं सामाजिक रआर्थिक योजनामा विज्ञान र प्रविधिको संयोजन हुनुपर्दछ। यसका लागि संघिय राज्य निर्माण पश्चात राष्टिय स्तरमा योजना आयोगले तय गरेका योजनामा अनिवार्य रुपमा प्राथमिकता सहित समायोजन हुनुपर्दछ। प्रदेश र स्थानिय स्तरमा विकास गर्दै सेवा मुलक संस्थाको संलग्नता गराउनु  पर्ने नीतिनियमको विकास  गरिनुपर्दछ।
             यसका लागि प्रविधिको छनोट गर्दै आवश्यक्ता पुर्ति गर्ने बाटो पहिल्याउन सक्ने नेतृत्वको विकास गरेको खण्डमा सोहि बाटो अबलम्बन गर्ने विधार्थीधेरै बन्न सक्छन । पहाडी क्षेत्रमा उर्जाको संरक्षणका माध्यम प्रविधि संरक्षण बिना हराउदै छन्। नेपाली वैज्ञानिकले निर्माण गरेका गर्न खोजिएका प्रविधिगत वस्तुहरुमा लगाम लगाउने गरिएको बिद्दिई छन्। तथापी सरकारको अदुर्दर्शी नीतिनियकका कारण वस्तुगत रुपमा सार्थक हुन सकेका छैनन्। यसको असर देश अविकसित नै रहिरहनु हो एकातर्ग्क भने अर्कातर्फ  प्रतिभा पलायन अत्यधिम छ। यी समस्या समाधान गर्नका लागि बृहत समझदारी आवश्यक पर्दछ। देश र विदेशमा प्रशिक्षित वैज्ञानिकको मार्गनिर्देशन र यूवा वैज्ञानिकको जोशमा नयाँ र उपलब्धि मूलक सफलता पाउन गाह्रो हुदैन। यसका लागि सामाजिक रुपमा सहकार्य र आर्थिक रुपमा लगानी चाहिन्छ। राम्रो प्रस्तावका लागि राष्टिय र अन्तराष्टिय रुपमा सहयोग गाह्रो हुंदैन , तर त्यसका लागि अग्रसर हुनुपर्दछ।
संविधान निर्माणको यो घडीमा वैज्ञानिक संसारले चाहेको विषय के हो भने नयाँ नेपालले विज्ञानलाई प्राथमिकताको क्षेत्रमा राख्नु पर्दछ । संविधान देखि ऐननियम र तिनले पहिलो प्राथमिकतामा यहिको ज्ञान र सीपलाई वैज्ञानीक प्रविधि संग जोड्न सक्ने पुल बनाउनु पर्दछ। दिगो र साँच्चिकै विकासकालागि विज्ञान प्रविधिको  पर्योग र परिप्रयोग गर्न सके हरेक ठाँउको विकास असम्भव हुनेछैन ।  पुरानो राज्य प्रणालीले हामिलाई अरुले बनाइदिएका वस्तुमात्र उपयोग गर्न सिकायो। अबको नयाँ राज्य प्रणालीले,नयाँ संबिधानमा नयाँ सिर्जनात्मक कार्य अगाडी बढाउन सहयोगी  हुने विज्ञान र प्रविधिलाई  प्रमुख प्राथमिकतामा राखेको खण्डमा नयाँ नेपालको सपना साँच्चिकै थोरै समयमा पुरा हुन सक्छ।
journalistram@gmail.com
www.rammukarung.blogspot.com

Thursday, March 4, 2010

विज्ञान तथा प्रविधि नीति २०६१ ग्रामीण ऊर्जा नीति, २०६३(http://www.moest.gov.np/np/garaminurga.php)

१. पृष्ठभूमि

नेपालमा ऊर्जाका उत्पादन हुन सक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । जलश्रोतको पर्याप्त उपलब्धता एवं मुलुकको भौगोलिक वनौटले ८३ हजार मेगाबाट जलविद्युत उत्पादन हुन सक्ने सम्भावना रहेकोमा करिव ४३ हजार मेगाबाट जलविद्युत उत्पादन गर्न आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट सम्भव देखिएको छ । हालसम्म करिव ५६३ मेगाबाट मात्र जलविद्युत उत्पादन हुन सकेको र उत्पादित जलविद्युत विशेष गरी शहरी क्षेत्रमा बढी उपयोग भइरहेको परिपे्रक्ष्यमा यसबाट अधिराज्यका ग्रामीण एवं दर्ूगम क्षेत्रहरुमा स्वच्छ र भरपर्दो ऊर्जाको पहुँच पुग्न सकिरहेको छैन । अर्को तिर ग्रामीण ऊर्जाको रुपमा जैविक ग्यास, सौर्य ऊर्जा, वायू ऊर्जा, सुधारिएको पानी घट्ट, लघु तथा साना जलविद्युतको उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना रहेर पनि त्यसलाई आवश्यकता अनुसार उपयोगमा ल्याउन सकिएको छैन ।
नेपालमा करिव १९ लाख भन्दा वढी घरायसी जैविक ग्यास प्लान्ट जडान क्षमतामध्ये हाल सम्म करिव १ लाख ६० हजार प्लान्ट मात्र जडान भएका छन् । २ लाख ५० हजार सुधारिएको चुलो जडान गरी ऊर्जा खपतमा मितव्ययिता ल्याउने कार्य भएको छ । यसै गरी सौर्य ऊर्जाको प्रचुर सम्भावना भएर पनि करिव ७५ हजार मात्र सौर्य घरेलु विद्युत प्रणाली स्थापना भएका छन् । वायू ऊर्जा तर्फरहेको सम्भावनालाई उपयोग गर्न सकिएको छैन । हालसम्म करिव दुइ हजार पानी घट्टहरु सुधार गरिएको छ । लघु जलविद्युतबाट ८ मेगाबाट विद्युत मात्र उत्पादन हुन सकेको छ । यी प्रयासहरुबाट मुलुकको ४० प्रतिशत जनतालाई विद्युत सेवा पुगेको छ भने यस मध्ये ग्रामीण क्षेत्रमा बसोबास गर्ने करिव २९ प्रतिशत जनतालाई मात्र विद्युत सेवा उपलव्ध हुन सकेको छ ।
न्यून क्रयशक्ति एवं विकट भौगोलिक अवस्थाले मट्टतिेल, ग्यास एवं विद्युतको उपलव्धतामा कठिनाई हुने हुनाले ग्रामीण जनताले परम्परागत ऊर्जा श्रोतहरु दाउरा, गोबरका गर्ुइंठा, धानको भूस आदि प्रयोग गर्नु पर्ने वाध्यता छ । नेपालको ग्रामीण क्षेत्रमा ऊर्जा उपयोग तथ्याङ्कगत हिसावले हर्ेदा ७७ प्रतिशत दाउरा, ९ प्रतिशत कृषिजन्य अवशेष तथा गर्ुइंठा, १४ प्रतिशत आयातित पेट्रोलियम पदार्थ, कोइला र विद्युतको उपयोग भएको पाइन्छ । ग्रामीण क्षेत्रमा खपत हुने ऊर्जा मध्ये ८६ प्रतिशत परम्परागत स्ा्रोत माथिको निर्भरताको कारणले गर्दा वातावरणमा प्रतिकूल असर परेको छ भने गुंइठा एवं कृषिजन्य वस्तु ऊर्जाको रुपमा प्रयोग गरिनाले जमिनको उत्पादकत्व घट्न गई कृषि उत्पादनमा ह्रास आएको छ । परम्परागत ऊर्जा स्ा्रोत प्रयोग गरी खाना पकाउने कार्यमा संलग्न विशेषगरी महिला तथा बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । त्यस्तै
यस्तो ऊर्जा संकलन कार्यमा बढी समय लगाउनु पर्ने हुंदा ग्रामीण बालबालिकाहरु शिक्षाको अवसरबाट वञ्चित हुने गरेका छन् । यस पर्रि्रेक्ष्यमा परम्परागत एवं खनिजजन्य ऊर्जा माथिको निर्भरता कम गर्न वातावरण-मैत्री ९भ्लखष्चयnmभलत-ाचष्भलमथि० ऊर्जाको विकास गरी आर्थिक दृष्टिकोणबाट जनताले थेग्न सक्ने बनाई उनीहरुको जीवनस्तर उकास्न सकिने यथेष्ट सम्भावना रहेको छ ।

१.१ औचित्य
मुलुकको विकट भू-भौगोलिक अवस्था र पहाडी भेगमा बसोबास गर्दै आएको पातलो बस्तीले गर्दा केन्द्रीय विद्युत प्रणाली मार्फ ग्रामीण विद्युतिकरण गर्न नेपाल सरकारको सीमित आर्थिक स्रोतले गर्दा ग्रामीण विद्युतिकरणको गतिमा तीब्रता ल्याउन कठिनाई हुने गरेको छ । हालसम्म ग्रामीण क्षेत्रमा स्वच्छ एवं भरपर्दो ऊर्जाको पहुँच पुर्‍याउन सीमित कार्य मात्र हुन सकेको देखिन्छ । ग्रामीण क्षेत्रमा ऊर्जाको स्रोतहरुलाई विकास र विस्तार गर्न स्थानीय निकाय, ग्रामीण क्षेत्रका उपभोक्ता समूह, गैह्रसरकारी संस्था, सहकारी संस्था र निजी क्षेत्रलाई पनि स्वःस्फर्ूत रुपमा परिचालित हुने वातावरण श्रृजना गर्न आवश्यक भएको छ ।
नेपालको ग्रामीण क्षेत्रको सर्न्दर्भमा स्वच्छ र भरपर्दो ऊर्जा प्रविधिहरु कम खर्चिलो एवं कम समय लाग्ने देखिएका छन् । मुलुकको ऊर्जा क्षेत्रको प्रभावकारी व्यवस्थापन एवं ग्रामीण क्षेत्रमा ऊर्जाको विकास र विस्तारले वातावरण सन्तुलन कायम राख्न, दाउरा संकलन गर्न लाग्ने समयको वचत गर्न, थप रोजगारीको सृजना गर्न, स्वास्थ्यमा सुधार ल्याउन तथा ग्रामीण बालबालिकाहरुको शिक्षामा पहुँच पुर्‍याई समग्र ग्रामीण क्षेत्रको जनताको जीवनस्तर उकास्नमा प्रत्यक्ष योगदान पुर्‍याउँछ । दशौं योजना, गरिबी निवारण रणनीति पत्र, सहस्राव्दी विकास लक्ष्य आदिले ग्रामीण ऊर्जाको विकास र विस्तारका सम्बन्धमा निर्देश गरेता पनि समग्र रुपमा ग्रामीण ऊर्जा नीतिको अभाव महसुस भएकोले यस नीतिको तर्जुमा गरिएको हो ।

१.२ परिभाषा तथा व्याख्या
"ग्रामीण ऊर्जा" भन्नाले ग्रामीण क्षेत्रमा घरायसी, आर्थिक एवं सामाजिक प्रयोजनका लागि उपयोग हुने वातावरण मैत्री इन्धनहरु जस्तैः लघु तथा साना जल विद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा, वायोमास ऊर्जा आदिलाई जनाउँछ । ग्रामीण ऊर्जालाई नवीकरणीय ऊर्जा पनि भनिन्छ ।

२. लक्ष्य
स्वच्छ, भरपर्दो तथा उपयुक्त ऊर्जाको पहुँच ग्रामीण क्षेत्रमा पुर्‍याई ग्रामीण गरिबी न्यूनीकरण र वातावरण संरक्षणमा योगदान पुर्‍याउनु यस नीतिको लक्ष्य रहेको छ ।
उपर्युक्त लक्ष्य प्राप्तिका लागि ग्रामीण ऊर्जा नीतिका निम्न उद्देश्यहरु रहेका छन् ः
२.१ ग्रामीण क्षेत्रमा स्वच्छ र किफायती ऊर्जाको पहुँच पुर्‍याई परम्परागत ऊर्जा माथिको निर्भरतामा कमी ल्याई वातावरणको संरक्षण गर्ने ।
२.२ ग्रामीण ऊर्जाको विकासबाट रोजगारी एवं उत्पादकत्वमा बृद्धि गर्ने ।
२.३ ग्रामीण ऊर्जालाई सामाजिक तथा आर्थिक क्रियाकलापहरुसँग आबद्ध गरी ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउने ।
३ नीति
उपर्युक्त उद्देश्यहरु प्राप्तिका लागि देहायका नीति अवलम्बन गरिनेछन् ः
३.१ वातावरण-मैत्री ग्रामीण ऊर्जा प्रविधिको विकासमा जोड दिइनेछ ।
३.२ ग्रामीण ऊर्जाको विकासमा स्थानीय स्तरमा आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यमा स्थानीय निकायको नेतृत्वदायी भूमिकालाई अभिवृद्धि गर्नका लागि उनीहरुको क्षमता वृद्धिको साथै सहकारी संस्था, उपभोक्ता समुह, गैर सरकारी संस्था एवं निजी क्षेत्रको संलग्नतामा वृद्धि गरिनेछ ।
३.३ ग्रामीण ऊर्जा विकासका लागि विभिन्न श्रोतबाट प्राप्त हुने रकमको परिचालनका लागि केन्द्रीय स्तरमा केन्द्रीय ग्रामीण ऊर्जा कोषको स्थापना गर्नुका साथै आवश्यकता अनुसार स्थानियस्तरमा समेत कोषको विस्तार गरिनेछ ।
३.४ नेपाल सरकार, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय अर्न्तर्गतको वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रले स्थानीय निकायको ग्रामीण ऊर्जा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न आवश्यक सहयोग गर्नेछ ।
३.५ ग्रामीण क्षेत्रमा सुहाउने एवं जनताको क्षमताले धान्ने प्रकृतिका ऊर्जा स्रोत साधनहरुको विकासमा जोड दिइनेछ ।
३.६ स्थानीय जनतालाई ग्रामीण ऊर्जाको विकासको लागि मानवीय क्षमता अभिवृद्धि गर्न जनशक्ति विकास कार्यक्रमहरुलाई शैक्षिक संस्थाहरुको कार्यक्रमसँग आवद्ध गरी उपयुक्त सीपमूलक तालीम प्रदान गर्ने र चेतना अभिवृद्धि गर्ने व्यवस्था मिलाईनेछ ।
३.७ ग्रामीण क्षेत्रमा साना तथा लघु जलविद्युत आयोजना, जैविक ग्यास, सुधारिएको चुलो, सुधारिएको पानी घट्ट, सौर्य ऊर्जा प्रणाली आदिको विकास तथा केन्द्रीय ग्रिडको विस्तार गरी ग्रामीण स्तरमा उर्जा खपतको क्षमता बृद्धिको लागि आर्थिक क्रियाकलापहरु एकिकृत रुपमा संचालन गरिनेछ ।
३.८ ग्रामीण ऊर्जाको विकासमा नयाँ प्रविधिको विकास र विस्तारको लागि निजी क्षेत्र एवं गैरसरकारी क्षेत्रलाई संलग्न गराइनेछ । यस्तो कार्यमा नेपाल सरकारको भूमिका पर््रबर्द्धनात्मक र सहजकारी हुनेछ ।
३.९ ग्रामीण ऊर्जामा आधारित आर्थिक क्रियाकलाप एवं उद्योग व्यवसायहरुलाई प्रोत्साहन गरिनेछ ।
३.१० ग्रामीण ऊर्जा प्रविधिको विकास र विस्तार गर्ने कार्यमा सामाजिक परिचालन ९क्यअष्ब ःियदष्ष्शिबतष्यल० को माध्यमबाट सामुदायिक व्यवस्थापनलाई प्रोत्साहन गरिनेछ ।
३.११ ग्रामीण ऊर्जासँग सम्बद्ध उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहित गर्दै निजी क्षेत्रको संलग्नता बढाउन जोड दिइनेछ ।
३.१२ ग्रामीण ऊर्जाको विकासमा बैंक तथा वित्तिय संस्थाहरुको ऋण, आन्तरिक पूँजी बजार, समुदायमा रहेको पूँजी परिचालन गर्न वित्तिय उपकरणहरु ९भ्अयलomष्अ क्ष्लकतचumभलतक० को उपयोग गरिनेछ ।
३.१३ विद्युत उत्पादनबाट विद्युत खरिद गरी वितरण गर्ने कार्यमा स्थानीय निकाय, सहकारी संस्था, निजी क्षेत्र, उपभोक्ता संस्था वा सामुदायिक व्यवस्थापनलाई प्रोत्साहन गरिनेछ ।
३.१४ ग्रामीण ऊर्जा प्रविधिको दक्षता ९भ्ााष्अष्भलअथ० अभिबृद्धि गर्नुको साथै पर्रि्रयोग विविधिकरण ९भ्लम-गकभ मष्खभचकषष्अबतष्यल० को लागि प्रोत्साहन गरिनेछ ।
३.१५ ग्रामीण ऊर्जालाई स्थानीय निकायसँग समन्वय गरी सामाजिक, आर्थिक एवं वातावरणीय पक्षमा सुधार ल्याउनेतर्फविशेष जोड दिइनेछ ।
३.१६ परम्परागत ऊर्जाको उपयोगमा दक्षता अभिवृद्धि गर्नको लागि नयाँ प्रविधिको विकास तथा व्यवस्थापनमा जोड दिइनेछ । साथै ग्रामीण ऊर्जा प्रविधिको अनुसन्धान तथा विकासमा जोड दिइनेछ ।
३.१७ ग्रामीण ऊर्जाबाट ग्रामीण क्षेत्रको दिगो विकास, गरिबी निवारण तथा महिला/बालबालिकामा परेका सकारात्मक प्रभावहरुको प्रचार प्रसार गर्न एवं ग्रामीण ऊर्जाको पहुँच्ामा जोड दिने विशेष कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
३.१८ ग्रामीण ऊर्जा प्रविधिको गुणस्तर सुनिश्चित ९त्तगबष्तिथ ब्ककगचबलअभ० गर्न नवीकरणीय ऊर्जा परिक्षण केन्द्रको क्षमता अभिवृद्धि गरी गुणस्तर परिक्षण तथा नियन्त्रण गर्ने व्यवस्था मिलाइनेछ ।
३.१९ पृथक ९इाा-नचष्म० तथा स-साना ग्रामीण ऊर्जा प्रणालीहरुलाई मझयौला ९ःष्लष्-न्चष्म० तथा राष्ट्रिय प्रसारण लाईन ९ल्बतष्यलब न्िचष्म० मा आवद्ध गर्न सकिनेछ ।

४. कार्य नीति
४.१ लघु तथा साना जल विद्युत
४.१.१ ग्रामीण क्षेत्रमा १००० किलोवाट ९पध० सम्म विद्युत उत्पादन गरी वितरण गर्ने संस्था, स्थानीय समूह तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने व्यवस्था मिलाइनेछ ।
४.१.२ स्थानीय उपभोक्ता समूह तथा सहकारी संस्थाले र्सार्वजनिक स्वामित्वमा रहेका साना जल विद्युत आयोजना लिजमा लिइ संचालन, मर्मत सम्भार वा खरिद गर्न चाहेमा सहुलियतपर्ूण्ा ऋण वा किस्तावन्दीमा लिन दिन सक्ने व्यवस्था मिलाइनेछ ।
४.१.३ स्थानीय स्तरमा रहेको सीप र श्रमलाई लघु जलविद्युत आयोजनाको निर्माणमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
४.१.४ ग्रामीण स्तरमा संचालन गरिने लघु जलविद्युत सम्बन्धी आयोजनामा सम्बन्धित जिल्ला विकास समितिबाट समेत प्राविधिक सेवा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ ।
४.१.५ लघु तथा साना जलविद्युत आयोजना सम्बन्धी निर्देशिका एवं दिर्ग्दर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरी सरोकारवालाहरुलाई उपलव्ध गराइनेछ ।
४.१.६ लघु तथा साना जलविद्युत आयोजनाहरुले सेवा पुर्‍याई आएको ठाउँमा ग्रिड पुगेको अवस्थामा यी आयोजनासँग विद्युत खरिद सम्झौता गरी विद्युत खरिद बिक्री हुने व्यवस्था मिलाइनेछ ।
४.१.७ सामुदायिक तथा निजी विद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाईनसँग विद्युत हृविलिङ्ग ९ध्जभभष्लिन० गर्न पाउने व्यवस्था मिलाइनेछ ।
४.१.८ समुदाय, सहकारी वा उपभोक्ता समूहले राष्ट्रिय ग्रिडबाट थोकमा विद्युत खरिद गरी उनीहरु आफैंले उपभोक्ताहरुलाई खुद्रा हिसावले बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ ।
४.१.९ लघु तथा साना जलविद्युतलाई सिंचाई, स्वास्थ्य, शिक्षा, खानेपानी, साना तथा घरेलु उद्योग एवं रज्जु मार्ग जस्ता क्षेत्रगत आयोजनाहरुसँग आवद्ध गरी सामुदायिक तथा संस्थागत रुपमा संचालन गर्न प्रेरित गरिनेछ ।
४.१.१० निजी क्षेत्र वा समुदायले विकास गरेका लघु जलविद्युत योजनाहरुबाट उत्पादित विद्युत लिजमा दिन सकिनेछ ।


४.२ जैविक ग्यास ९द्यष्यनबक०
४.२.१ घरायसी जैविक ग्यास उत्पादन प्रविधिको लागत कम गर्न, दक्षता ९भ्ााष्अष्भलअथ० बृद्धि गर्न तथा उच्च पहाडी क्षेत्रमा समेत यसलाई पर््रवर्द्धन गर्न आवश्यक अध्ययन अनुसन्धानमा जोड दिइनेछ ।
४.२.२ सामुदायिक एवं संस्थ्ाागत क्षेत्रमा जैविक ग्यासको अनुसन्धान, विकास र विस्तारमा जोड दिइनेछ ।
४.२.३ स्थानीय निकायको समन्वय तथा सहयोगमा जैविक ग्यास सम्बन्धी पर््रदर्शनी एवं सूचना केन्द्रहरुको स्थापना गर्न प्रेरित गरिनेछ ।
४.२.४ घरायसी इन्धनको प्रयोजनको रुपमा गोवरगुइँठालाई वाल्ने प्रवृतिलाई निरुत्साहित गरिनेछ ।

४.३ दाउरा, गोल, व्रिकेट, जैविकर् इन्धन, वायोमास ग्यासिफिकेशन
४.३.१ गोल -चारकोल) को उत्पादन वितरण तथा उपयोगमा वैज्ञानिक व्यवस्थापन गरी यसको आपर्ूर्ति प्रणालीलाई व्यवस्थित गरिनेछ ।
४.३.२ दाउरा, धानको भूस, काठको धुलो एवं अन्य कृषिजन्य वस्तुहरुको उपलब्धताको आधारमा व्रिकेट, वायोफ्युल, वायोमास ग्याँसिफिकेशन आदि उत्पादन गर्न सकिने सम्भाव्य स्थानहरुको पहिचान गरी यसको विकास तथा विस्तार गरिनेछ ।
४.३.३ व्रिकेट उत्पादनमा प्रयोग गर्न सकिने विभिन्न वस्तुहरुको पहिचान गर्न एवं यसको उत्पादन लागत कम गर्न अनुसन्धान कार्यलाई जोड दिईनेछ ।
४.३.४ स्थानीय सीप र साधनको प्रयोगलाई बढावा दिदै व्रिकेट, वायोफ्युल, वायोमास ग्याँसिफिकेशन आदिको प्रयोगमा जन चेतना जगाउने कार्यक्रमहरु संचालन गरिनेछन् ।
४.३.५ दाउराको न्यूनतम प्रयोग गर्ने सुधारिएको चूलो तथा ग्यासिफायर आदि जस्ता प्रविधिको विकास गरी यसको खपतमा कमी ल्याइनेछ ।

४.४ सौर्य ऊर्जा
४.४.१ सौर्य ऊर्जा प्रविधिको लागत कम गर्न र दक्षतापर्ूण्ा प्रयोग गर्न आवश्यक अध्ययन अनुसन्धानमा जोड दिइनेछ ।
४.४.२ सौर्य ऊर्जालाई सिंचाइ, स्वास्थ्य, शिक्षा तथा खानेपानी जस्ता क्षेत्रहरुसँग आवद्ध गरी सामुदायिक तथा संस्थागत रुपमा संचालन गरिनेछ ।
४.४.३ सौर्य ऊर्जालाई खाद्य वस्तु सुकाउने, पकाउने, पानी तताउने, पानी शुद्ध गर्ने, वत्ति बाल्ने लगायत संचार प्रणाली जस्ता प्रविधिहरुसँग आवद्ध गरी यसको विकासलाई प्रोत्साहन गरिनेछ ।
४.४.४ सौर्य चुल्होको उपयोगमा बृद्धि गर्न आवश्यक जन चेतना जगाउने कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।
४.४.५ नेपालभरी सौर्य ऊर्जाको नक्शाङ्कन ९ःबउउष्लन० कार्य गरिनेछ ।
४.४.६ सौर्य ऊर्जा उत्पादनमा प्रयोग गरिएका व्याटि्रको संकलन गरी पुनः प्रयोग तथा उचित व्यवस्थापन गरिनेछ ।

४.५ वायु ऊर्जा
४.५.१ वायु ऊर्जाको सम्भाव्य स्थानहरुको नक्शाङ्कन ९ःबउउष्लन० कार्य गरी वायु ऊर्जा गुरु योजना तयार गर्ने कार्य शुरु गरिनेछ ।
४.५.२ वायु ऊर्जा विकासका लागि नीजि क्षेत्रलाई संलग्न गर्राई प्रविधि हस्तान्तरण कार्यलाई अघि बढाइनेछ ।

४.६ सुधारिएको चुलो प्रविधि
४.६.१ धुवाँरहित तथा कम दाउरा खपत गर्ने सुधारिएको चुल्होका बारेमा जनचेतना अभिवृद्धि गरिनेछ ।
४.६.२ भौगोलिक तथा साँस्कृतिक अवस्था सुहाँउदो घरायसी तथा संस्थागत सुधारिएको चुलोको अनुसन्धान, विकास तथा विस्तारमा जोड दिइनेछ ।
४.६.३ ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको प्रविधि हस्तान्तरण गरिनेछ ।

४.७ सुधारिएको पानी घट्ट प्रविधि
४.७.१ ग्रामीण क्षेत्रमा परम्परागत पानी घट्टलाई सुधार गरी कुटानी तथा पिसानी सेवा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।
४.७.२ सुधारिएको पानी घट्टहरुमा प्रयोग हुने यन्त्र उपकरणहरु स्थानीय स्तरमा उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
४.७.३ सुधारिएको पानी घट्टबाट विद्युत उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।

४.८ ग्रामीण विद्युतिकरण
४.८.१ राष्ट्रिय ग्रिड प्रणालीको विद्युत सहकारी संस्था तथा स्थानीय निकायले लिजमा लिई चलाउन सकिने व्यवस्था मिलाईनेछ ।
४.८.२ सामुदायिक, सहकारी संस्था तथा निजी विद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाईनमा हृविलिङ्ग ९ध्जभभष्लिन० गर्न पाउने व्यवस्था मिलाइनेछ ।
४.८.३ उपभोक्ताहरुको सहभागितामा हुने ग्रामीण विद्युतिकरण उनिहरुकै अग्रसरतामा कार्यान्वयन गरिने र हित सुनिश्चित हुने व्यवस्था मिलाइनेछ ।
४.८.४ प्रयोग नभइरहेको विद्युतको अधिकतम उपयोग सम्बन्धमा निर्धारित द्वैध मूल्य प्रणाली अनुसार कम मूल्यको विद्युतको प्रयोग ग्रामीण क्षेत्रमा संचालन हुने विशेष गरेर कृषि, सिंचाई, खानेपानी, लघु तथा घरेलु उद्योग, रोपवे जस्ता क्षेत्रहरुमा बढाउने व्यवस्था मिलाइनेछ ।

५. अनुदान सम्बन्धी व्यवस्था
भौगोलिक अवस्था, जनसंख्या र साधनश्रोतको आधारमा ग्रामीण ऊर्जा प्रविधिको उपयोगमा प्रदान गरिने अनुदानको दर तथा वितरण गर्ने आधारको लागि मौजुदा नवीकरणीय -ग्रामीण) ऊर्जा अनुदान व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गरिनेछ । अनुदानको परिचालन मौजुदा अनुदान व्यवस्थामा भएअनुसार हुनेछ । यसको लागि निम्न कार्यनीतिहरु अवलम्वन गरिनेछ ः-
५.१ गाउँ विकास समितिलाई गरिबी, दर्ुगमता, दलित एवं पिछडिएका जन-जातिहरुको संख्या आदिको आधारमा वर्गिकरण गरी अनुदानको व्यवस्था मिलाइनेछ ।
५.२ सुगम स्थानहरुमा र व्यवसायिक सम्भावना रहेको क्षेत्रहरुमा हाल प्रदान हुँदै आइरहेको अनुदानको व्यवस्थालाई क्रमशः घटाउँदै लगिनेछ ।
५.३ ग्रामीण ऊर्जाको दिगो विकास एवं व्यवस्थापनको लागि आवश्यकता अनुसार सामुदायिक व्यवस्थापन एवं समष्टिगत पद्धति ९ज्यष्कितष्अ ब्उउचयबअज० मा प्रोत्साहन दिइनेछ ।
५.४ उपभोक्ता समूह एवं सहकारी संस्थाबाट संचालन हुने लघु जल विद्युत प्रणालीको विकासलाई प्रोत्साहन गरिनेछ ।
५.५ निर्धन एवं पिछडिएका परिवारहरुको पहिचान गरी उनीहरुलाई ग्रामीण ऊर्जा प्रणालीको उपयोगको लागि थप सुविधा प्रदान गरिनेछ ।
५.६ जैविक ग्यास नपुगेका संभाव्य स्थानहरुमा प्रोत्साहन हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
५.७ जैविक ग्यास संयन्त्रमा मानव शौचालय जोडेर सञ्चालन गर्ने कार्यलाई प्रोत्साहन दिइनेछ ।
५.८ व्रिकेट, वायोफ्युल, वायोमास ग्यासिफिकेशन आदिको विकास तथा पर््रवर्द्धनलाई प्रोत्साहन गरिनेछ ।
५.९ लघु तथा साना जल विद्युतको वित्तिय तथा भौतिक रुपमा सम्भावना रहेको ठाउँहरुमा सौर्य विद्युतमा दिइने अनुदानलाई निरुत्साहित गरिनेछ ।
५.१० जल विद्युतको सम्भावना नरहेको ठाउँमा सौर्य ऊर्जा, वायु ऊर्जा प्रणालीको उपयोगमा वृद्धि गर्न प्रोत्साहन दिइनेछ ।
५.११ ग्रामीण क्षेत्रमा सोलार थर्मल प्रविधिको विकासको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
५.१२ अनुसन्धान तथा नयाँ प्रविधिको विकासको लागि आवश्यक आर्थिक सहयोग उपलव्ध गराइनेछ ।

६. स्रोत र साधन सम्बन्धी व्यवस्था
६.१. स्रोत र साधनको परिचालन
६.१.१ जिल्ला विकास समितिले आफ्नो जिल्लामा निर्माण हुने सामुदायिक लघु तथा साना जलविद्युत आयोजनाहरुमा सम्बन्धित जिल्ला ऊर्जा कोष मार्फ लगानी गर्ने व्यवस्था गरिनेछ ।
६.१.२ गाउँ विकास समितिले आफ्नो क्षेत्रमा निर्माण हुने सामुदायिक लघु तथा साना जल विद्युत आयोजनाहरुमा सम्बन्धित गाउँ ऊर्जा कोष मार्फ लगानी गर्ने व्यवस्था गरिनेछ ।
६.१.३ ग्रामीण ऊर्जा क्षेत्रमा उपयोग हुने निर्माण सामग्री एवं उपकरणहरु उत्पादन गर्ने उद्योगहरुको विकास गर्न प्रोत्साहन गरिनेछ ।
६.१.४ उपभोक्ता/सामुदायिक संस्थाहरुको गठन गर्दा समुदाय परिचालन ९ऋommगलष्तथ ःयदष्ष्शिबतष्यल० मार्फ गरिने तथा महिला, दलित, जनजाति, उत्पीडित र पिछडिएका र् वर्ग र समुदायको प्रतिनिधित्व रहने व्यवस्था मिलाइनेछ ।
६.१.५ उपभोक्ता/सामुदायिक संस्था दर्ता एवं नवीकरण गर्ने कार्यमा सम्बन्धित जिल्ला विकास समिति मार्फ आवश्यक सहयोग एवं सहजिकरण गरिने व्यवस्था मिलाइनेछ ।
६.१.६ पेट्रोलियम पदार्थको आयात एवं बिक्री बितरणमा यस प्रयोजनको लागि लाग्ने करबाट प्राप्त हुने रकम ग्रामीण ऊर्जाको विकासमा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ ।

६.२ जनशक्ति व्यवस्थापन
६.२.१ केन्द्रस्तरमा वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र र स्थानीय स्तरमा ग्रामीण ऊर्जा विकास कार्यक्रमहरुको तर्जुमा, व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यमा संलग्न जनशक्तिको क्षमताको विकास गरिनेछ ।
६.२.२ ग्रामीण ऊर्जाका उपभोक्ताहरुलाई प्रणाली संचालन, मर्मत सम्भार एवं व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा सीप अभिवृद्धिको व्यवस्था मिलाइनेछ ।


७. समन्वय सम्बन्धी व्यवस्था
७.१ ग्रामीण ऊर्जा कार्यक्रमहरुको समन्वय केन्द्रमा वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रले र स्थानीय स्तरमा सम्वन्धित स्थानीय निकायहरुले गर्नेछन् ।
७.२ स्थानीय स्तरमा सञ्चालन हुने महिला, सिंचाई, खानेपानी, सामुदायिक वचत, स्वास्थ्य, वन, उद्योग, वातावरणीय संरक्षण, सडक, लघु कर्जा, साक्षरता अभियान आदि जस्ता कार्यक्रमहरुलाई ग्रामीण ऊर्जा विकास कार्यक्रमसँग आवद्ध गरी कार्यान्वयन गरिनेछ ।
७.३ जिल्ला विकास समितिले आफ्नो आवधिक योजनामा प्राथमिकता तोकेको ग्रामीण ऊर्जा कार्यक्रम वा ग्रामीण ऊर्जा गुरु योजना लागू गर्ने क्रममा जिल्ला विकास समितिको क्षमता अभिवृद्धि गर्न सरकारी, गैर सरकारी एवं दातृ संस्थालाई जिल्ला विकास समितिसँग सहकार्य गर्न उत्प्रेरीत गरिनेछ ।

८. अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था
८.१ अनुगमन तथा मूल्याङ्कनको लागि केन्द्रियस्तरवाट वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र र स्थानियस्तरमा स्थानिय निकायवाट हुने व्यवस्था गरिनेछ ।
८.२ ग्रामीण ऊर्जा विकास कार्यक्रमको हरेक तहमा भौगोलिक र व्यवस्थापकीय सूचना प्रणाली अद्यावधिक गरी अनुगमन र मूल्याङ्कन गर्ने कार्यलाई सुदृढ गरिनेछ ।
८.३ नतिजामूलक सूचकहरुको आधारमा ग्रामीण ऊर्जा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गरिनेछ ।
८.४ ऊर्जा लेखा प्रणाली ९भ्लभचनथ ब्गमष्त क्थकतझ० को विकास गरी कार्यान्वयन
गरिनेछ ।
८.५ अनुगमन तथा मूल्याङ्कनको आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गरिनेछ ।

९ संस्थागत व्यवस्था

९.१ केन्द्रीय स्तरमा
केन्द्रिय स्तरमा वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रले ग्रामीण ऊर्जा सम्वन्धी नीति तथा योजना तर्जुमा, अध्ययन तथा अनुसन्धान, अनुदान परिचालन, प्राविधिक सहयोग, ग्रामीण ऊर्जा प्रणाली स्थापना गर्ने कम्पनीहरु तथा संस्थाहरुको छनौट, दातृसंस्था सँग समन्वय, अनुगमन तथा मूल्याङ्कन आदि कार्य गर्नेछ ।

९.१.१ ग्रामीण ऊर्जा केन्द्रीय समन्वय समिति
राष्ट्रिय योजना आयोगको ऊर्जा क्षेत्र हर्ेर्ने सदस्यको अध्यक्षतामा नेपाल सरकारले एक ग्रामीण ऊर्जा केन्द्रीय समन्वय समिति गठन गर्नेछ । यसको सदस्य-सचिवमा वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक हुनेछ । यसको गठन र संचालन कार्यविधि कानूनद्वारा तोके बमोजिम हुनेछ ।

९.१.२ केन्द्रीय ग्रामीण ऊर्जा कोष
ग्रामीण ऊर्जा प्रविधिको विकास, विस्तार, पर््रवर्द्धन एवं ग्रामीण विद्युतिकरणमा सहयोग पुर्‍याउने उद्देश्यले हाल वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्र अर्न्तर्गत रहेको ग्रामीण ऊर्जा कोषलाई केन्द्रीय ग्रामीण उर्जा कोषको रुपमा विस्तार गरिनेछ । यस कोषमा नेपाल सरकार तथा अन्य स्रोतबाट प्राप्त हुने रकमहरु रहनेछन् । कोषको गठन तथा संचालन कार्यविधि नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

९.२ जिल्ला स्तरमा

स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा व्यवस्था भए अनुरुप जिल्लास्तरमा ग्रामीण ऊर्जा विकास सम्बन्धी संस्थागत व्यवस्था गरिनेछ । ग्रामीण ऊर्जाको पर््रवर्द्धन तथा विस्तारको लागि जिल्लास्तर तथा गाँउस्तरमा क्रमिकरुपमा जिल्ला ऊर्जा कोष तथा गाँउ ऊर्जा कोषको स्थापना गरिनेछ । यसको गठन नेपाल सरकारले तोके वमोजिम हुनेछ ।

१०. अन्य व्यवस्था
१०.१ ऊर्जा विकास कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार सामाजिक परिचालन ९ऋommगलष्तथ ःयदष्ष्शिबतष्यल० को व्यवस्था मिलाइनेछ ।
१०.२ ग्रामीण ऊर्जा प्रणालीहरुलाई क्लस्टरको आधार ९ऋगिकतभच द्यबकष्क० मा विकास र विस्तार गरिनेछ ।
१०.३ जिल्ला भित्रका सम्भाव्यता एवं ऊर्जा आवश्यकताको आधारमा जिल्लास्तरीय ऊर्जा गुरु योजना तयार गरी ग्रामीण ऊर्जाका विभिन्न प्रविधिबाट तथा ग्रिडबाट ऊर्जाको पहुँचमा विस्तार गरिनेछ ।
१०.४ ग्रामीण ऊर्जाको प्रयोग खाना पकाउने र वत्ति बाल्ने कार्यको साथै पर्रि्रयोग विविधिकरण ९भ्लम-गकभ म्ष्खभचकषष्अबतष्यल० मा जोड दिई ग्रामीण उद्योग व्यवसाय, अन्न प्रशोधन, घरायसी उपकरण, कृषि उपकरण, सिंचाइ, खानेपानी आयोजना संचालनमा उपयोग गर्न प्रोत्साहन गरिनेछ ।
१०.५ खाद्य तेल बाहेक इन्धनको रुपमा प्रयोग हुने परम्परागत रुपमा उत्पादन नभएका वनस्पति एवं फल तथा वियाँबाट उत्पादन हुने तेलको अनुसन्धान, विकास तथा विस्तारमा जोड दिइनेछ ।
१०.६ ग्रामीण ऊर्जा मूलतः ग्रामीण महिलाबाट गरिने कार्यहरुसित प्रत्यक्ष सरोकार राख्ने हुँदा ग्रामीण ऊर्जा प्रविधिहरुलाई महिला सशक्तिकरणको एक अभिन्न अंगको रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।
१०.७ ग्रामीण ऊर्जाको प्रयोगबाट कार्वनडाइअक्साइड तथा अन्य हरितगृह ग्यासको उर्त्र्सजन कम ९न्चभभल ज्यगकभ न्बक Emmष्ककष्यल च्भमगअतष्यल० गरे बापत त्यसबाट बचत भएको कार्वन बिक्रीबाट प्राप्त हुने रकमलाई ग्रामीण ऊर्जाको पर््रवर्द्धन तथा विकासमा प्रयोग गरिनेछ ।

Saturday, February 6, 2010

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ By Source

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ



विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै
  आइरहेको छ र आफ्नो ज्ञानको परिधि निरन्तर विस्तार गरिरहेछ । अचेल त्यही परम्परागत ज्ञान प्रणालीलाई समानान्तर वा स्वदेशी वा सभ्यतागत भनेर नामाकरण गरिएको पाइन्छ । सभ्यतागत विज्ञानलाईपनि महत्व दिनुपर्छ भन्ने आवाजहरु मुखरित हुँदैछन । तथापि सामान्यतया परम्परागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने जस्तो गलत धारणा अझैसम्मपनि हट्न नसकेको स्थिति छ ।

विज्ञान तथ्य (Fact) मा आधारित हुन्छ । यो वस्तुनिष्ठ (Objective) हुन्छ र यसलाई सत्यापन (Verification) गर्न सकिन्छ । परीक्षण प्रयोग एवम् पर्यवेक्षण गर्न सकिने हुनाले वैज्ञानिक ज्ञानलाई विश्वसनीय मानिन्छ । विज्ञानका यी गुणहरु आधुनिक वैज्ञानिक पद्धतिमा जति सहजै दृष्टिगोचर हुन्छन् यता परम्परागत पद्धतिमा समयक्रममा केही अवैज्ञानिकता घुसेको पनि हुनसक्छ । कतिपय अवस्थामा त परम्परागत पद्धतिमा रहेका वैज्ञानिकतालाई अवैज्ञानिकताले पुरै दबाइसकेकोपनि हुन्छ । त्यो अवैज्ञानिकताको पत्रलाई खुर्केर वैज्ञानिकतालाई उजागर गर्नुपर्नेमा प्रायः परम्परागत पद्धतिलाई अन्धविश्वास वा रुढीवाद मानेर अस्वीकार गर्ने प्रवृत्तिले सभ्यतागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने गलत धारणालाईनै मलजल गरिरहेको छ ।

प्रसिद्ध वैज्ञानिक चिन्तक टी.एच. हक्सलीले सन् १८८१ मा भनेको कुरा अहिले झन् मननीय छ- आफ्ना पूर्वजहरुको उपहास गर्न सजिलै छ तर हाम्रालागि लाभकारी कुरोचाहिँ यो पत्तो पाउनुमा छकि हाम्रा पूर्वज -जो हामीभन्दा कम समझदार पक्कै थिएनन्- ले आजका दिनमा हामीलाई बेतुकका र निरर्थक प्रतीत हुने विचारहरु किन अवलम्बन गरेका हुँदाहुन् ! प्रसिद्ध भारतीय वैज्ञानिक माशेलकरले भनेझैंनै भूतकालको त्यो पद्धतिलाई आधुनिक विज्ञानको उपयोग गरी बुझ्ने प्रयत्न गर्नु बुद्धिमानीपूर्ण कार्य हुनेछ । प्राचीन विचार एवम् परिकल्पना र आधुनिक वैज्ञानिक खोजहरु बीचमा रहेको अर्थपूर्ण सह-सम्बन्ध पत्तो पाउनुपनि आजको वैज्ञानिक कर्मको एक प्रमुख प्राथमिकतामै पर्नु पर्दछ ।

आधुनिक विज्ञान र सभ्यतागत विज्ञान बीचमा अप्राकृतिक छेकबार खडा गरेर स्थानीय समुदायलाई उसको मूलबाट असम्बद्ध गराइदिने र यसैको परिणामस्वरुप आयातित प्रविधिमा हदैसम्म निर्भर हुन बाध्य तुल्याइदिने प्रकृया कथित भूमण्डलीकरण ग्लोबलाइजेसन सँगै अझ बढेको छ । स्थानीय समुदाय सभ्यतागत विज्ञान-प्रविधिबाट विमुख हुँदैगर्दा पूँजीवादी बजारका खेलाडीहरुचाहिँ पेटेन्ट दर्ता गराई स्थानीय सभ्यतागत ज्ञानलाई बलात् कब्जा गरिरहेका छन् । एक अमेरिकी कम्पनीले हलेदो हल्दीको पेटेन्टलाई यसरीनै हडपेपछि भारतले लडेको पेटेन्ट-लडाइँ भारतमा जसलाई हल्दी घाटीको दोस्रो लडाइँ पनि भन्ने गरिन्छ यहाँनेर स्मरणीय छ । भारतले प्राचीन संस्कृत साहित्य सहित सबै प्रमाणहरु पेश गरेपछि अमेरिकी पेटेन्ट कम्पनी बलियो प्रमाणका सामुन्ने पराजित भएको थियो । सो मुद्दामा हाम्रो देश नेपालकोपनि प्रत्यक्ष सरोकार हुनुपथ्र्यो किनकि हलेदो्/बेसारको प्रयोग हाम्रोपनि सभ्यतागत पद्धति हो । तर नेपालमा सरकार चलाएर बसेका तथा कर्मचारीतन्त्रमा रहेकाहरुसँग यस्तो सुद्धि-बुद्धि भइदिएको भए त हाम्रो देशको यो बेहाल किन हुँदो हो र ! धन्न भारतकै भएपनि बेलैमा होश खुल्यो र आधुनिक विश्व इतिहासमै शायद पहिलोपल्ट तेस्रो विश्वुको एक राष्ट्रले अमेरिकासँग सभ्यतागत विज्ञानको अधिकार प्राप्तिकालागि लडाइँ गरी विजय हासिल गरिछाड्यो । एवम्रितले नीम र बासमतीका पेटेन्ट सम्बन्धी संघर्षहरु पनि यहीँनेर स्मरणीय छन् ।

वल्र्ड इन्टेलेक्चुएल प्रोपर्टी अर्गनाइजेसन विश्व बौद्धिक सम्पदा संघले पारम्परिक ज्ञानको प्रयोग तथा स्थानीय बौद्धिक सम्पदा र प्रविधिलाई मान्यता दिनुपर्छ भन्ने स्वीकार गरिसकेको आजको अवस्थामा हाम्रो नेपालजस्तो शताब्दीयौं वा सहस्राब्दीयौं प्राचीन परम्परा भएको देशले पछि पर्नुपर्ने कुनै कारण छैन । आज भारत लगायत कतिपय राष्ट्रहरु तुलनात्मक रुपमा पहिलेभन्दा निक्कै सजग भएका छन्- आफ्नो सभ्यतागत प्रविधिलाई अमेरिकी वा युरोपेली लगायतका अन्यपनि कम्पनीहरुले पेटेन्टको जालमा पार्ने सम्बन्धमा । भारत सरकारले ट्रेडिसनल नलेज डिजीटल लाइब्रेरी सृजित गर्नेतर्फ कार्य शुरु गरेको बताइएको छ जसका कारण प्राचीन संस्कृत ग्रन्थका श्लोकमा निहीत ज्ञान र वाशिंगटनमा पेटेन्ट-परीक्षकको कम्प्युटर स्क्रीनको बीचमा रहेको पर्खाल भत्काउन मद्दत मिल्ने आशा उनीहरुले लिएका छन् । तर हाम्रो देश नि यहाँ कसलाई छ त यस्तो चिन्ता ?




विज्ञान प्रविधि नीतिको आवश्यकता

- नेपाल विकासको बाटोमा ज्यादै पछाडि धकेलिएको मुलुक हो । सन् ६० को दशकसम्म नेपालकै हाराहारीमा रहेका मुलुकहरू आज आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन निकै हदसम्म सफल भइसकेका छन् । नेपाल भने उही कछुवा गतिमै अगाडि बढिरहेको छ । यदि नेपाललाई साँच्चिकै विकासको मार्गमा अघि बढाउने हो र जीवनस्तरमा महत्त्वपूर्ण परिवर्तन ल्याउने हो भने कृषि, स्वास्थ्य, उद्योग, शिक्षा, यातायात, सञ्चार क्षेत्रको प्रबर्द्धन र विकासमा ध्यान पुर्‍याउनु जरुरी छ । यसका लागि हामीले विज्ञान र प्रविधिको अत्यधिक उपयोग गर्नुपर्छ । यो कार्य तबमात्र सम्भव हुन्छ, जब राज्यले विज्ञान प्रविधिको विकासलाई राष्ट्रिय विकासको अपरिहार्य औजारको रूपमा ग्रहण

गर्छ । ०३९ सालमा आजकै दिन अध्यादेशमार्फत स्थापना भएको नास्ट २७ औं वर्षमा प्रवेश गरेको छ ।

विज्ञान प्रविधिको अवस्थाबारे कुरा गर्दा केही अनुसन्धान र विकाससम्बन्धी कार्यहरू निजी स्तरका पेसागत संघ-संस्थाहरूद्वारा सम्पन्न भएको पाइन्छ । तर यातायात, सञ्चार, स्वास्थ्य, ऊर्जा र वातावरणजस्ता क्षेत्रहरू जसले सार्वजनिक हित र कल्याणसँग प्रत्यक्ष सरोकार राख्छ, यिनमा निजी स्तरका संघ-संस्थाहरूको सहभागिता रहने भए तापनि सरकारको भूमिका नियामक र निर्देशात्मक हुनुपर्ने विज्ञहरूको धारणा रहेको पाइन्छ । धेरैजसो विकासोन्मुख मुलुकहरूमा राष्ट्रिय वैज्ञानिक क्षमताको विकास र प्रविधि हस्तान्तरणका लागि संस्थागत संरचनाहरूको स्थापना गर्नु सरकारको प्रमुख दायित्व रहन्छ । तर नेपालले भने अझै पनि यस्ता विकाससम्बन्धी गतिविधिहरूको नियमन, सञ्चालन र समन्वयका लागि कुनै भरपर्दो संयन्त्रको विकास गर्नसकेको देखिँदैन । त्यसमाथि वैज्ञानिक समुदाय यसमा सचेत रहेको

पाइँदैन ।

विकासको आधारभूत उद्देयहरू परिपूर्तिका लागि उपयुक्त प्रविधिको छनोट अपरिहार्य हुन्छ । आधिकारिक र भरपर्दो निकायको अभावले नेपालमा उपयुक्त प्रविधिको यथोचित छनोट र मूल्यांकन हुनसकिरहेको छैन । सामाजिक र आर्थिक विकासमा वैज्ञानिक ज्ञान र अनुभवको उपयोगिताका लागि गरिने प्रयासहरूमा बाधा-व्यवधानहरू आउँछन् । कतिपय व्यवधानहरू सामाजिक, आर्थिक र राजनीतिक प्रकृतिका हुने गर्छन् । प्रविधिको क्षमता र सम्भावनासम्बन्धी ज्ञानबारे हाम्रा नेताहरू कम चासो राख्छन् । न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न होस् अथवा रोजगारीको अवसरमा वृद्धि ल्याउन स्वदेशी साधन बढी प्रयोग हुने प्रविधिको अनुसन्धान र विकासतर्फ ध्यान दिनु

आवश्यक छ ।

अझै पनि ठूलो जनसंख्या शिक्षाको अवसरबाट वञ्चित र परम्परागत विचारधाराबाट ग्रसित छ । यसले सामाजिक रूपान्तरणको प्रक्रियामा अवरोध पुर्‍याउँछ । विज्ञान प्रविधिको उचित प्रयोगद्वारा सामाजिक विकास प्रक्रिया अघि बढाउन अति आवश्यक छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा पिछडिएका जनताको आधारभूत आवश्यकतातर्फ बढी ध्यान दिनुपर्ने हुन्छ । यसले स्थानीय सीप र प्रविधि पबर्द्धन र विकास गर्न उत्प्रेरित गर्छ ।  साथै परम्परागत कलाकौशल र सीपको प्रबर्द्धन गर्न र आधुनिक परिस्थिति सुहाउँदो वैज्ञानिक पद्धतिमा रूपान्तरण गर्न मद्दत पुर्‍याउँछ । मुलुकलाई आवश्यक प्रविधि स्थानीय श्रम तथा सामग्री प्रयोग हुने, अर्थिक दृष्टिकोणले लाभदायक, प्रयोगमा ल्याउन सकिने, भौगोलिक अवस्थाअनुरूप सजिलै अपनाउन सकिने कुरालाई ध्यानमा राखी भित्र्याउनुपर्ने देखिन्छ । यसका लागि एउटा छुट्टै र दरिलो विज्ञान प्रविधि नीति भए यी कुराहरूको विकास र व्यवस्थापनलाई निर्देशित गर्न सजिलो हुने थियो  ।

ढिलै भए पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान -नास्ट) ले विज्ञान प्रविधि नीति तर्जुमा गरेको छ । तथापि यसमा केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले यो अहिले छलफलकै क्रममा रहेको उपकुलपति प्रा.डा. होमनाथ भट्टराई बताउनुहुन्छ । नीतिले विज्ञान प्रविधि विकाससम्बन्धी उद्देश्यहरू परिपूर्तिका लागि वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई उचित र पर्याप्त प्रोत्साहन गरिनुपर्छ र साथै ती लगानीकर्ताहरू जसले स्थानीय खोज अनुसन्धानका आधारमा उत्पादनहरू उपयोग गर्छन्, उनीहरूलाई यथोचित सुविधाहरू प्रदान गरिनु उपयुक्त हुने धारणा विज्ञहरूको छ ।

यस्ता नीति तथा कार्यक्रमहरू देशको समग्र नीति र योजनासँग आबद्ध हुनुपर्छ ।  यसका लागि राष्ट्रिय आर्थिक विकास र योजना निर्माणमा वैज्ञानिक र प्राविधिज्ञहरूको सक्रिय सहभागिता हुनुपर्छ । नास्टले अब प्रचारमुखी क्रियाकलापमा समय र बजेट खर्चनुभन्दा वैज्ञानिक अध्ययन, अनुसन्धान तथा जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरूमा केन्दि्रत रहनुपर्ने देखिन्छ ।

Tuesday, January 19, 2010

मुक्ति Ram mukarung

हार संगै जितको सपना बोकेर
मुक्ति यात्राको लाम कस्नेहरू
तारे भीर जस्तो बिपना साचेर
लम्बेतान सिखरको पाइला चाल्नेहरू
उज्यालो भाविस्योत्तर हिड्दईछन
रातो गोरेटो छिर्दै छन

टालेको सपना  पसीना संगै
खातखात माटोमा पोख्नेहरू
आसातित आँखा रसाउदै
अविचलित  क्रान्तिमा जुटेका छान
महली आंशु  पिएर
भोक संगै जिउने मान्छेहरु
सदालाई भोक मेट्दै छन
समान आंशु खोज्दै  छन
सिमान्तकृत अस्तित्व  बाँचेर
शासनी ओझेल्मा परेकाहरू
सह-अस्तित्व सोध्दै छन
सुनौलो इतिहांस रोज्दै छन
पुरातन इतिहांस तोड्दै छन
हार संगै जितको ............
              ४ माघ २०६६ नयाबानेश्वर,  काठमांडू
journalistram@gmail.com

Wednesday, November 25, 2009

Microsoft Unleashes Bevy of Windows Mobile 6.5 Phones

Microsoft Unleashes Bevy of Windows Mobile 6.5 Phones

Windows Mobile 6.5 is now available. HTC is stepping up in the biggest way, with the HTC Pure, HTC Imagio, HTC Ozone, and HTC Tilt 2 . Samsung's also warming to WinMo with the Samsung Intrepid. If you believe that the operating system is the heart and soul of any smartphone, you're probably more interested in Windows Mobile 6.5 itself than the hardware it's on. Microsoft's mobile platform is decidedly less flashy than the iPhone or Palm's WebOS, but it'll get you through the work day with its eye towards productivity.

Sure, the reviews are pretty dismal so far, calling it a mostly cosmetic update that isn't worth an upgrade to a new phone, but we know some of you don't care what the critics say: It's WinMo or bust, and only the newest version will do.

All those WinMo enthusiasts--we know you're out there somewhere--have some choices to make. So here's our gallery of the five latest Windows Mobile 6.5 phones, looking all slick in their marketing photos. As with any phone, choose wisely.

(IMAGE: Ballmer speaks at a press conference during the 2009 Mobile World Congress. Compliments of Microsoft)

Wednesday, November 18, 2009

किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्नराई


किरात राई ययोक्खाशाखा कतारको तेस्रो अधिवेशन संपन्नराई रमेश गाउँले-जाती,भाष,क्षेत्र संघीयताको आधार,किरात स्वायत्त राज्य हाम्रो अधिकार भन्ने नाराका साथ किरात राई यायोक्खा शाखा कतारले आफनो तेस्रो साधारण सभा संपन्न गरेको छ । उक्त सभाले चन्द्रशेर राईको अध्यक्षतामा सत्र सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । जस्को उपाध्यक्षद्धय दिनेश चाम्लिङ्ग राई र ओमीराज राई,सचिव धिरज राई,सहसचवि भविन्द्र राई,कोषाध्यक्ष दिपेन्द्र राई,सहकोषाध्यक्ष अष्ट जेरुङ्ग राई सदस्यहरुमा लालकुमार राई,दीपक राई,भरत कुमार वाम्वुले राई,मुगाधन राई,श्रीकुमार राई,सन्तोष वाम्वुले राई,र्सइन्द्र राई,कईन्द्र राई,राजेन्द्र राई,कर्ण बहादुर राई “माईला” रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई किराया शाखा कतारका संस्थापक सदस्य इन्द्र राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम ढाका रेष्टुरेण्ट नेशनलमा संपन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रको संचालन शाखाका सचिव राई रमेश गाउँले,सभापतित्व शाखाका अध्यक्ष चन्द्रशेर राई र स्वागत मन्तव्य शाखाका उपाध्यक्ष जनक वाम्वुले राईले गर्नुभएको सो कार्यक्रमका प्रमुख आतिथ्य नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग,विषेश अतिथिद्धयमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष सागर नेपाल,नवनिर्वाचित मध्येपर्ूव संयोजक वद्री प्रसाद पाण्डे,अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य तथा कतार प्रतिनिधी प्रज्ञान उदास, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कतारमा माहासचिव वील गुरुङ्ग,समाजसेवी तथा उद्योग व्यावशायी टि.वि. कार्की,समाजसेवी लक्षमण खतिवडा,प्रवासी नेपाली सर्ंपर्क मञ्चका कार्यवाहक अध्यक्ष छविलाल वि.क.,जन प्रगतिशिल मञ्चका सचिव दील कुमार लिम्वु,नेपाल प्रवासी तामाङ्ग समाजका कार्यवाहक अध्यक्ष शंखलाल तामाङ्ग,नेपाल प्रवासी मगर संघका नि वर्तमान अध्यक्ष छत्र घले,किरात याक्थुङ्ग चुम्लुङ्ग शाखा कतारका द्धितिय उपाध्यक्ष लोकेन्द्र तुम्रोक,थारु कल्याणकारी सभा कतार च्याप्टरका सभापतिर् इ.विद्यानन्द चौधरी,तमु वौद्ध सेवा समिति शाखा कतार उपाध्यक्ष लक्ष्मी गुरुङ,उदयपुर प्रवासी सेवा समाजका अध्यक्ष राम सुयल,उपाध्यक्ष गजेन्द्र दाहाल,खोटाङ युवा जागृति सेवा समाज कतारका अध्यक्ष राम गुरुङ,सचिव हरिकुमार वस्नेत,नवोदित साहित्य वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठ,सुनसरी सृजनसिहल समुहका कोषाध्यक्ष नरेश राई,खोटाङ हलेसी वचत तथा ऋण समुहका उपाध्यक्ष सम्वर व. राई,भोजपुर सेवा समाजका सचिव राजेन्द्र राई लगायतका माहानुभावहरुको उपस्थितीरहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथिद्धारा मैन वत्ति वालेर र विषेशअतिथिद्धय द्धारा व्यानर खोलेर उद्घाटन गरीएको उक्त कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण,राष्ट्रियगानका साथ सुरु गरीएको सो कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय कार्यालयवाट अध्यक्ष सुमाया राईको हस्ताक्षर सहति प्राप्त भएको शुभकामना पत्र पनि पढेर सुनाईएको थियो । कार्यक्रममा वोल्दै सो कार्यक्रमको प्रमुखअतिथि अमृत गुरुङ्गले हामी जनजातीलाई सरकारले नै पछि पारेको हो । यदी त्यसो हैन भने किन अहिले सवै क्षेत्रमा आरक्षण गर्नुप-यो । सरकारले जनजातीका धर्म,भाषा,संस्कृति,भेष भुषालाई गहना भने पनि केही त्यसको संरक्षण र सम्वर्धनमा केही नगरेको वतउनुभयो । हामीले जनजातीले आफ्नो हक र अधिकार माग्दा अरु साथीहरुले अत्तालिनु पर्ने अवस्था नरहेको र नडराउन अनुरोध गर्दै हामी जनजाती आफ्नो अधिकार मात्र कुरा गर्दैनौ हामीलाई हाम्रो कर्तव्य पनि थाहा छ भन्नुभयो । अहिले संविधान सभामा पनि सवै पार्टि जनजाति सभासदहरुको एउटा समुह वनाएर जनजातीको कुराहरुलाई आगामी संविधानमा सामेल गर्नलाई लागी परीरहेका छन् । उनीहरुसम्म हामीले सुझावहरु पु-याउनु हाम्रो कर्तव्य भएकोले हामीले आफ्नो आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने वताउँदै किराया शाखाको अघिल्लो कार्यसमितिको जनजाती आन्दोलनमा पु-याएको योगदानको चर्चा गर्दै आगामी वन्ने कार्यसमिति अझ दर्विलो वनोस भन्ने शुभकामना दिनुभयो । यसै गरी सोही अवसरमा वोल्दै एन.आर.एन.ए.आई.सि.सि.का नवनिर्वाचित उपाध्यक्ष सागर नेपालले आफ्नो सफलताको श्रेय कतारवासी माहानुभावहरु माझ दिन चाहन्छु भन्दै मैले गलत गरे भने तपाईहरुले नै मलाई सजाएको भागी वनाउन सक्नुहुन्छ भन्दै यस शाखाको अधिवेशनवाट वन्ने नयाँ समितिको कार्यसफलताको कामना गर्नुभयो । सोही अवसरमा वोल्दै नव निर्वाचित मध्येपूर्व संयोजक वद्री प्रसाद पाण्डेले चुनावी माहोलमा जे भए पनि अव काम सवैले सँगै मिलेर गर्नु पर्ने भएकोले चुनाव अघि र चुनावी प्रक्रियामा भएका सम्पूर्ण कुराहरुलाई भुलेर सहकार्य गर्नको लागी आव्हान गर्नुभयो । शुभकामना मन्तत्वय दिने क्रममा उद्योग व्याशायी तथा समाजसेवी टि.वि. कार्कीले कोषाध्यक्ष पदमा चुनाव आफुले हारे पनि दुइ दिनको अन्तरमा उम्मेदारी दिएर पनि झिनो मतको अन्तरले मात्र पराजय भएको जानकारी गराउँदै म कुनै पदमा नरहे पनि कतारका संगठनहरु सँग सदैव रही रहने जानकारी दिनुभएको थियो । सो अवसरमा समाजसेवी लक्ष्मण खतिवडा,राम गुरुङ्ग,लक्ष्मी गुरुङ्ग,छत्र घले,इ.विद्यानन्द चौधरी,लोकेन्द्र तुम्रोक,शंखलाल तामाङ्ग,भोजराज श्रेष्ठ आदिले पनि वोल्नुभएको थियो । कार्यक्रममा भरत राई,महेश राई,दीपेन्द्र राई,सन्त राई,दीपक राई,प्रवेशराई मिलन राईको समुहले साकेला नृत्य प्रस्तुत गरेका थिए भने सविन राई,राज राईले गीत,प्रविन राईले कविता र अष्ट जेरुङ्ग राईले गजल प्रस्तुत गरेका थिए ।

The important historical journey.


My Breath heart. flling from thish high.

Friday, October 2, 2009

इतिहाँस मान्छे

कायापलट भोगेका यूगभरी
घाम आगोको लप्का पिउदै
न्यायक्रान्तिको विद्रोहसँग
मितेरी गाँसेका मान्छेहरू
अनगिन्ति जुद्धका प्राचिरभित्र
समरमा फेरीएका निरोहरू
सदालाई इतिहाँस च्यापेर बढे
तन,मन, बचन र कर्मले लडे
लडेर हाँसे, मरेर बाँचे
भूगोलको आलो माटो भरी

राप पचेका मान्छेहरू
ताप पचेका मान्छेहरू
चर्को घामले डढाइएकाहरू
हिंउ जस्तो  चिसोले सताइएकाहरू
नियतीले च्यापीएका भिमकायहरू
सहीद भएर बाँचेकाहरू
जित खोज्दै जितऐ बाँचे   
ईतिहाँस सांचेर बाँचे
उनै इतिहाँसका सच्चा मान्छे
इतिहाँस मान्छे

Friday, August 21, 2009

महावीर पुनलाई म्यागासेसे

महावीर पुनलाई म्यागासेसे

संसारभरका सञ्चार प्रविधि विज्ञहरुलाई प्रेरणा दिदैं वायरलेस कम्प्युटर फोनबाट नेपालको दुर्गम हिमाली वस्तीमा इमेल र इन्टरनेट प्रविधि पुर्‍याउन सफल म्याग्दी नाङ्गी गाउँका महावीर पुनलाई 'एसियाको नोबेल' पुरस्कार मानिने म्यागासासे पुरस्कारवाट सम्मानित गरिने भएको छ ।

पुनलाई यसअघि सन् २००४ मा बेलायतको ग्लोबल आइडिया ब्याङ्क नामक संस्थाले ओभरअल सोसियल इनोभेसन अवार्ड दिइसकेको छ । यसअघि सन् २००६ मा तिलगङ्गा आँखा केन्द्रका डा. सन्दुक रुइतले सो पुरस्कार प्राप्त गरेका थिए ।
४५ वर्षअघि म्याग्दीको राम्चे-२ नाङ्गी गाउँमा जन्मिएका महावीरको निम्न माध्यमिक विद्यालय तहसम्मको पढाइ गाउँमै भएको थियो । ब्रीटिस गोर्खाका लाहुरे बाबु चितवन जिल्लामा बसाइसराई गरेपछि उनले त्यहीबाट एसएलसी र अमृत साइन्स क्याम्सबाट विएस्सी पास गरे ।
स्वाभिमानी स्वभावका पुनले १२ वर्षसम्म अध्यापन पेशा अँगालेका थिए । तत्कालीन प्रशासकहरुसँग बेमेल भएपछि अध्यापन पेशा त्यागेर विदेशिएका पुन अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षा विषयमा 'ब्याचलर डिग्री' गरी १२ वर्षपहिले नेपाल फर्किएका थिए ।
जन्मथलोमा केही गरौं भन्ने भावनाले ओतप्रोत पुन अमेरिकाबाट अध्ययन सकेर फर्केपछि सोझै जन्मथलो नाङ्गी पुगे र गाउँलेहरुलाई जम्मा गरी गाउँ विकासको योजना सुनाए । अमेरिकामा पढेको मान्छेले ठूलो जागिर मात्र खान्छन् भन्ने भ्रममा रहेका गाउँलेहरुले पुनको कुरा सुरुमा पत्याएनन् पनि । पुन मगरहरुको मात्र वस्ती भएको नाङ्गी गाउँमा मावि तहको विद्यालय थिएन त्यसैले पुनकै सक्रियतामा स्थानीय स्रोतबाट मावि तहको विद्यालय चलाइयो र सुरु भयो कम्प्युटर शिक्षा ।
अहिले उनको विद्यालयमा करीव ४० वटा कम्प्युटर छन् । अक्कले विद्यालय सञ्चालन गर्न आयस्रोत जुटाउने र भविष्यमा बन्ने विद्यालयको खाका तयार पारी उनले वेवसाइटमा राखे । सँगै अमेरिकामा पढ्दाका साथीसङ्गीहरुलाई इमेल लेखेर आफूले गर्न चाहेको कामबारे जानकारी गराए । त्यहीँबाट उनको विद्यालयमा विदेशबाट आर्थिक तथा प्राविधिक सहयोगको ओइरो लागेको हो ।
भाङ्ग्रा भिरेको, हाफ पाइन्ट लगाएको र खाली खुट्टामा दिनभरि काम गरिरहेको देख्दा जो कोही पनि यस्तो पुरस्कार पाउलान् भनि सोच्दैनन् । तिनै झुत्रो देखिने व्यक्ति नै मास्टर माइण्ड महावीर हुन । उनको विद्यालयका सबै कम्प्युटरका बाकसहरु काठले बनेका छन् ।
२०५८ मा पुनले अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट कार्डलाई गाउँमा ल्याई स्थानीय सीपको प्रयोग गरी विश्वमै पहिलोपटक ८० किलोमिटर टाढा हिमाञ्चल माध्यमिक विद्यालयमा वायरलेस इन्टरनेट प्रविधि पुर्‍याउन सफल भए । उनले विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना राखेका छन् भने गाउँमा फालिएका सिलट र स्टिलका सामग्रीहरु प्रयोगमा ल्याएका छन् ।
हिमाञ्चल मावि सदरमुकाम बेनीदेखि उत्तरपूर्वी डाँडामा अवस्थित छ । यहाँ पुग्न पैदल १० घण्टा उकालो हिँड्नुपर्छ । अहिले हिमाञ्चल माविले छिमेकी देउराली निमावि राम्चे, शिख मावि, पाउद्वार मावि, मुक्तिमार्ग मावि घार र खोप्रालेक गरी पाँच विद्यालयमा वायरलेस कम्प्युटर फोन नेटवर्कमार्फत इन्टरनेट सुविधा पुर्‍याएका छन् । यी सबै विद्यालय एक आपसमा १० किमीभन्दा बढी दूरीमा रहेका छन् ।
विद्यालयमा वायरलेस इन्टरनेट सेवा पुगेपछि ती विद्यालयमा अध्ययनरत तीन सयभन्दा बढी विद्यार्थी, शिक्षक र गाउलेहरुसँग इमेलमा पत्राचार गर्न सकिन्छ भने ती विद्यालयका बारेमा वेभसाइटमा जानकारी प्राप्त गर्न सकिन्छ । हिमाञ्चल मावि र पाउद्धार मावि जिल्लामा कम्प्युटर विषयमा अध्यापन गराउने पहिलो विद्यालय हुन् ।
सन् १९५७ मा फिलिपिन्सका पूर्व राष्ट्रपति रोमन म्यागासेसेको नाममा स्थापित ५० हजार डलरको रहेको छ ।

वायरलेस प्रविधि

डकुमेन्ट स्वतन्त्रता
यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न थालेका छन्। तर वास्तवमा यो डकुमेन्ट स्वतन्त्रता (अर्थात्, document freedom) के हो त, यो कसरी प्राप्त गर्ने र यसका के के फाइदाहरू छन्। यस विषयमा केही छलफल गरौं।

डकुमेन्ट स्वतन्त्रता भन्नाले आफूले प्रयोग गर्ने कुनै पनि कम्प्युटरका डकुमेन्ट कुनै सफ्टवेयर वा प्रणालीमा बाँधिएर बस्नु नपर्ने, तथा त्यस्ता डकुमेन्टलाई कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिने तरिका खुला हुने अवस्थालाई जनाउँछ। सबैभन्दा राम्रो उदाहरणको रुपमा हामी कम्प्युटरमा केही लेख्न तथा भण्डारण गर्न प्रयोग हुने माइक्रोसफ्ट को वर्ड सफ्टवेयरले बनाउने .doc फाइललाई लिन सक्छौ। यस माइक्रोसफ्ट वर्डले हामीले लेखेको कुरा कम्प्युटरमा .doc फाइलका रुपमा कसरी राख्ने गर्छ, वा त्यस .doc फाइलमा हामीले लेखेको कुन तरिकाले भण्डारण गरिएको हुन्छ भन्ने हामी मध्ये धेरैलाई लाग्न सक्छ। तर सत्य के हो भने त्यस .doc फाइलमा हामीले लेख्ने गरेको कुरा कसरी राखिन्छ भन्ने कुरा पूर्ण रुपमा माइक्रोसफ्ट बाहेक कसैलाई पनि थाहा छैन। .doc फाइल को आन्तरिक बनावट तथा यस सम्बन्धी प्रविधि पूर्ण रुपमा गोप्य राखिएको छ। यस्ता फाइलहरू स्वतन्त्र डकुमेन्ट भित्र पर्दैनन्। .doc को सट्टामा .odt (अर्थात् Open Document Text) जस्ता लेखेको कुरा कम्प्युटरमा भण्डारण गर्ने पनि फाइल प्रणालीहरू रहेका छन् र यस्ता प्रणालीको काम गर्ने सम्पूर्ण तरिका खुला रुपमा इन्टरनेटमा राखिएको छ। यसकारण .odt प्रणालीलाई खुला डकुमेण्ट प्रणाली भन्न सकिन्छ। र यस्ता प्रणालीको प्रयोग गरि लेखिएको डकुमेन्टलाई स्वतन्त्र डकुमेन्ट भन्ने गरिन्छ।

बन्द डकुमेन्टमा यसको आन्तरिक कार्य गर्ने तरिका गोप्य हुने भएकाले गर्दा यस्ता डकुमेन्टलाई खोल्न वा लेख्न त्यस डकुमेन्ट प्रणालीका निर्माताले बनाएको सफ्टवेयर नै चाहिने हुन्छ। उदाहरणको लागि .doc फाइल ठीक तरिकाले खोल्नका निम्ति Microsoft Word नै चाहिने हुन्छ। यसले गर्दा धेरै नै समस्याहरू आउने हुन्छ।

सर्वप्रथम त, बन्द डकुमेन्ट प्रणालीका कारणले गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने हुन्छ, जुन आफैमा नराम्रो कुरा हो। यसरी कुनै सफ्टवेयरमा बाँधिएर बस्नुका दीर्घकालीन समस्याहरू हुने गर्दछन्। जस्तै कि तपाईँले निकै वर्ष देखि Microsoft Word को .doc फाइल प्रणालीको प्रयोग गर्नु हुन्छ भने भविष्यमा पनि यसै सफ्टवेयर प्रयोग गर्न बाध्य हुनु पर्छ। त्यस्तै अन्य राम्रा सफ्टवेयर उपलब्ध भए पनि बन्द प्रकारका डकुमेन्टकै कारणले आफुले प्रयोग गरिराखेकै सफ्टवेयर परिवर्तन गर्न गार्हो हुने गर्दछ। त्यसमाथि डकुमेन्टको प्रणाली परिवर्तन भएको खण्डमा त्यसको सफ्टवेयर पनि परिवर्तन हुने गर्दछ र प्रयोगकर्ता त्यस नयाँ सफ्टवेयर किन्न बाध्य हुनु पर्दछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरण पनि Microsoft को Word नै रहेको छ। हरेक नयाँ सँस्करण सँग .doc को प्रणाली परिवर्तन हुने गर्दछ, र त्यसलाई पुरानो सफ्टवेयरले खोल्न नसक्ने हुन्छ। यसका कारण नयाँ सफ्टवेयर किनेर कम्प्युटरमा हाल्नै पर्ने तथा आफ्ना पुरानो डकुमेन्टलाई पनि नयाँ प्रणालीमा परिवर्तन गरिराख्नु पर्ने हुन सक्छ।

यस्ता बन्द प्रकारका डकुमेन्टको प्रयोग गर्नाले आफूलाई मात्र नभइ अरुलाई पनि अप्ठ्यारोमा पार्ने हुन्छ। कुनै पनि डकुमेन्ट प्रयोग गर्ने पनि निश्चित सफ्टवेयर नै हुने गर्दछ। त्यसैले यस्ता डकुमेन्ट अरुलाई पठाउँदा डकुमेन्ट प्राप्त गर्ने व्यक्तिसँग त्यस सफ्टवेयर नभएको खण्डमा समस्या उत्पन्न हुन सक्छ।

बन्द डकुमेन्टको प्रयोग गर्दा सुरक्षाको पनि प्रश्न उठ्न सक्छ। बन्द प्रणालीका डकुमेन्टमा के कुरा कसरी राखिन्छ भन्ने कुराको जानकारी नभएका कारणले गर्दा त्यस डकुमेन्ट सुरक्षात्मक दृष्टिकोणबाट पनि उपयुक्त नहुन सक्छ। त्यस्तै यस्ता बन्द डकुमेन्टले गर्दा कम्प्युटरमा भाइरस तथा अन्य समस्या पनि नआउला भन्न सकिन्न। Microsoft Word तथा Excel मा लाग्ने भाइरस पनि यसैको उपज हुन्।

सामान्य रुपमा डकुमेन्ट भन्दा धेरैले Microsoft Word वा Excel का फाइल भन्ने बुझ्ने गर्दछन। तर डकुमेन्ट भन्नाले अन्य फोटो तथा संगीतका डकुमेन्टलाई पनि बुझाउने गर्दछ। जस्तै हामी धेरैले फोटो भण्डारण गर्न प्रयोग गर्ने BMP प्रणाली पनि बन्द प्रणाली हो। त्यस्तै गीतहरू भण्डारण गर्न प्रयोग गरिने MP3 लाई पनि बन्द प्रणाली मान्ने गरिन्छ।

डकुमेन्ट स्वतन्त्रता तथा बन्द डकुमेन्टको यति जानकारी पछि खुला डकुमेन्टका केही उदाहरण तिर लागौ। हामी धेरैले प्रयोग गर्ने .doc फाइल प्रणालीको सट्टामा .odt (अर्थात् Open Document Text) प्रयोग गर्न सकिन्छ। यस डकुमेन्ट प्रयोग गर्नका निम्ति धेरै सफ्टवेयरहरू रहेका छन्। सबैभन्दा राम्रो तथा चर्चित सफ्टवेयरमा Openoffice.org को Writer भन्ने सफ्टवेयर रहेको छ। त्यस्तै अर्को धेरै प्रयोग हुने .xls को सट्टामा .ods (अर्थात Open Document Spreadsheet) डकुमेन्ट प्रणाली रहेको छ। यसको निम्ति प्रयोग हुने सफ्टवेयर Openoffice.org को Spreadsheet नामको सफ्टवेयर रहेको छ।

त्यस्तै फोटो अनि सङ्गीतका निम्ति पनि खुला डकुमेन्ट प्रणालीहरू रहेका छन्। MP3 को सट्टामा OGG Vorbis नामको प्रणालीको प्रयोग गर्न सकिन्छ। त्यस्तै BMP वा GIF को सट्टामा PNG वा SVG प्रयोग गर्न सकिन्छ।

बन्द डकुमेन्टका धेरै फाइदाहरू हुने गर्दछन्। सबैभन्दा प्रमुख फाइदा स्वतन्त्रता नै हुने गर्दछ। खुला डकुमेन्ट प्रणाली प्रयोग गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने समस्या प्रयोगकर्तालाई हुँदैन। त्यस्तै आफूले प्रयोग गर्ने सफ्टवेयरको नयाँ सँस्करण निकालिएमा आफ्नो पनि सफ्टवेयर परिवर्तन गरिराख्नुपर्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ।

अर्को फाइदा भनेको पारदर्शिता हो। डकुमेन्टको प्रणाली पूर्ण रुपले खुला हुने हुँदा त्यसको प्रयोग तथा आदानप्रदानमा पनि पारदर्शिता रहने गर्दछ। बन्द प्रकारका सफ्टवेयरका कारणले गर्दा आफ्नो कम्प्युटरका गोप्य सूचना त्यस बन्द फाइलको माध्यमबाट बाहिर जाने पिर पनि गरिराख्नु पर्दैन। यसै डकुमेन्टको पारदर्शिताका कारणले गर्दा भाइरस जस्ता समस्याबाट पनि धेरै हदसम्म बच्न सकिन्छ। खुला डकुमेन्टकै प्रयोगबाट अहिले केही हदसम्म रहिआएको डिजिटल एकाधिकारबाट पनि बच्न सकिन्छ।



ब्लु टूथ प्रविधि

Bluetooth


यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न उपयोगिताको बारेमा केही चर्चा गरौँं।

Bluetooth अत्यन्त कम बिजुली खपत गर्ने छोटो दुरीको वायरलेस प्रविधि हो। यसरी छोटो दुरीमा रहेका कम्प्युटर तथा मोबाइल उपकरणहरूको बीच तार रहित सञ्जालको प्रयोग गरि Bluetooth प्रविधिद्वारा फाइल देखि श्रव्य-दृश्य सम्म आदानप्रदान गर्ने कार्य गर्न सकिन्छ। Bluetooth नाम डेनमार्कका राजा Harold Bluetooth बाट लिइएको हो। राजा Harold ले डेनमार्क, स्वीडेन तथा नर्वेलाई एकीकरण गर्ने कार्य गरेका थिए। यसरी नै विभिन्न कम्प्युटर तथा अन्य उपकरणहरूलाई एकै प्रकारको सञ्जाल प्रविधिले एकीकरण गर्ने उद्देश्यका निम्ति Bluetooth प्रविधिको विकास भएको हो। Bluetooth को सवैभन्दा रमाइलो पक्ष भनेको यसको ताररहित प्रविधि नै हो। Bluetooth को माध्यमद्वारा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्दा ती उपकरणहरूलाई एक अर्काको signal समात्ने ठाउँमा जता राखेपनि हुन्छ। जसले गर्दा तारका कारणले हुने झन्झट तथा उपकरणहरू राखिएको डेस्क फोहोर हुने समस्याबाट पनि बच्न सकिन्छ।

Bluetooth को प्रयोग मोबाइलमा फाइल आदानप्रदान गर्न धेरै प्रयोग हुने गरे तापनि यसको प्रयोग विभिन्न प्रयोजनका निम्ति हुने गर्दछ। मोबाइल प्रयोगकर्ताहरूका निम्ति Bluetooth, wireless headset को रुपमा पनि प्रयोग हुने गर्दछ। यस्ता wireless headset ले तपाईँको मोबाइल फोनसंग Bluetooth को माध्यमद्वारा आवाज आदानप्रदान गर्ने गर्दछ, जसको फलस्वरुप मोबाइल फोन खल्तीमै हाली wireless headset मात्र कानमा अड्काएर मोबाइलमा कुरा गर्न सकिन्छ।

धेरैले Bluetooth को प्रयोग मोबाइलमा मात्र हुने देखे पनि यसको प्रयोग कम्प्युटरमा पनि गर्न सकिन्छ। अचेल Bluetooth को माध्यमद्वारा कम्प्युटरसँग सम्पर्क गर्न सकिने किबोर्ड तथा माउसहरू उपलब्ध छन्, जसको माध्यमद्वारा किबोर्ड तथा माउसलाई तारको माध्यमद्वारा कम्प्युटरमै जोडिराख्नुपर्ने झन्झट हुँदैन। त्यस्तै यस्ता Bluetooth किबोर्ड तपाईँको मोबाइलमा टाइप गर्नका निम्ति पनि प्रयोग गर्न सकिन्छ।

Bluetooth लाई दुई वा दुई भन्दा बढी कम्प्युटर नेटवोर्किङ्ग गर्न पनि प्रयोग गर्न सकिन्छ। Bluetooth प्रणाली आफैमा पनि एक नेटवर्किङ्ग प्रणाली भएकाले अन्य कार्यका निम्ति Bluetooth को प्रयोग गर्दा पनि एक प्रकारको सञ्जालकै प्रयोग हुने गर्दछ।

त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि Bluetooth को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि Bluetooth को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै Bluetooth को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।

त्यस्तै Bluetooth प्रविधिको माध्यमद्वारा आफ्नो मोबाइल फोनलाई रिमोट कन्ट्रोलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी मोबाइलबाटै कम्प्युटरमा बजिरहेको गीत परिवर्तन गर्ने देखि लिएर कम्प्युटरका विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्न सकिन्छ।

यी त भए Bluetooth का केही प्रयोगहरू। अब लागौ Bluetooth प्रविधि तर्फ। Bluetooth २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीमा चल्ने गर्दछ। Bluetooth अन्यन्त कम दुरी १० मिटरका चल्ने गर्दछ र यसको गति ३०० किलोबाइट प्रति सेकेण्ड हुने गर्दछ। Bluetooth सञ्चालन हुने २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीले कडा बस्तु जस्तै भित्ता पनि पार गर्न सक्ने हुनाले Bluetooth उपकरणहरूले एक देखि अर्को कोठामा पनि वायरलेस सम्पर्क गर्न सक्दछ।

Bluetooth को प्रयोग हुने कुनै दुई उपकरण तदर्थ रुपमा बन्ने नेटवर्क को माध्यमद्वारा जोडिने गर्दछन्। Bluetooth प्रविधि भएका कुनै दुई उपकरणहरू संगै ल्याउदा ती उपकरणहरूले एक अर्कालाई चिनेर तत्कालै एक सञ्जालको माध्यमद्वारा जोडिने गर्दछन्। यस्ता सञ्जाललाई Ad-hoc Network भन्ने गरिन्छ। त्यस्तै आफ्नो दुरीबाट बाहिर गएमा त्यस्तो नेटवर्क तुरुन्तै टुट्ने पनि गर्दछ।

कुनै दुई Bluetooth भएका उपकरणहरू network मा जोडिएपछि ती दुई बीचमा फाइल आदानप्रदान गर्ने देखि लिएर बिभिन्न कार्यहरू गर्न सकिन्छ। यस्ता फरक फरक कार्य गर्नका निम्ति छुट्टा छुट्टै तरिकाहरू हुने गर्दछन्। यस्ता तरिकाहरूलाई प्रोटोकल भन्ने गरिन्छ। उदाहरणको निम्ति फाइल पठाउन, Bluetooth किबोर्ड तथा माउस प्रयोग गर्न अनि मोबाइल फोनलाई मोडेमको रुपमा प्रयोग गर्न छुट्टाछुट्टै प्रोटोकल हरू रहेका छन्।

Bluetooth को यति जानकारी पछि यसको प्रयोग कम्प्युटरमा कसरी गर्ने भन्ने तिर लागौ। अचेलका नयाँ ल्यापटपहरूमा Bluetooth को सुबिधा आन्तरिक रुपमै हुने भए तापनि डेस्कटप कम्प्युटरमा यो सुविधा नहुन पनि सक्छ। यसका निम्ति सानो पेनड्राइभ आकारको Bluetooth dongle नामको उपकरणको प्रयोग गर्नु पर्दछ। यस्ता उपकरणहरू बजारमा सजिलै किन्न पाइन्छन्।

यदि तपाई विन्डोज xp को SP2 भन्दा पहिलेको सँस्करण चलाउनुहुन्छ भने Bluetooth चलाउनका निम्ति Bluetooth dongle सैगै उपलब्ध हुने driver software कम्प्युटरमा हाल्नु पर्ने हुन्छ। तर यदी तपाई विन्डोज xp SP2 वा यो भन्दा नयाँ सँस्करणको प्रयोग गर्नु हुन्छ भने Bluetooth dongle लाई USB मा हाल्ने बित्तिकै यसको प्रयोग गर्न सक्नु हुन्छ।

त्यस्तै तपाई लिनक्सको प्रयोग गर्नु हुन्छ भने पनि यसमा Bluetooth को अत्यन्त राम्रो सुविधा रहेको छ, जसका निम्ति कुनै driver हालीरहनुपर्ने झन्झट हुदैन।

यसरी Bluetooth dongle कम्प्युटरमा हालीसकेपछि कम्प्युटरलाई मोबाईल वा कुनै कम्प्युटरसंग जोड्नका निम्ति pairing गर्नु जरुरी हुन्छ। pairing भन्नाले सामान्य रुपमा बुझ्दा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्न स्वीकृति प्रदान गर्नु भन्ने बुझिन्छ।

तत्कात वायरलेस सञ्जाल सुरु गर्न सक्ने भएकाले Bluetooth को सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। कुनै दुई Bluetooth उपकरणहरू जोड्दा pairing गर्नु जरुरी हुन्छ। त्यस्तै दुई Bluetooth उपकरणहरूले सूचना आदानप्रदान गर्दा सूचनालाई encrypt पनि गर्न सकिन्छ।

तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virus हरु यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चलाइराख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetooth को माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery mode लाई बन्द गर्नु नै राम्रो हुन्छ।

Bluetooth को माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetooth को क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि बिकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetooth को माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetooth को माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।

Saturday, July 25, 2009

ईतिहाँसको गलफति यात्रामा गन्य असाध्य उतार आउछन अनि चढाव् पनि म त यसैमा बाँच्न खोज्दै छु ।




कैयन घुम्ति छोडेर यहाँ पुगिसकियो अनि बाँच्नुको अन्तीम सम्ममा अझै थाहा नभएका कति कति बक्र दोबाटाहरु पनि आउने छन् ।

Sunday, July 12, 2009

Monday, June 15, 2009

Information Technology


म information Technologyको युगमा छु त्यसैले म यसैमा रमाउछु। सायद यो युगमा जन्मिनु मेरो अहम भाग्य हो।

Wednesday, September 17, 2008

Thish my Artical

दुर्नियति
राम मुकारुड.
नेपालमा प्रत्येक बर्ष थुप्रै मानिसको हत्या मध्य बर्षाद याम संगै बाढि पिहरोले
गरिरहेको हुन्छ ।विकासको पाईला घनिबुद तरिकाले त्यस्तरि अधिक रुपमा तिब्र हुनको
स्थानमा अति अधिक कम् संगले अघि बढि रहेको छ । अहिलेको यहांको करिब तिन करोड
मान्छेलाई खानाको पर्याप्तता सार्है थोरैले भाग पर्छ । कृषि र अर्थतन्त्ररले ठुलो
जिर्णताको नियति बोकिरहेको छ । थुप्रै मानिसहरु त्यो दुर्नियतिको चेपेटामा
बांच्नुको सट्टा मर्ने मनसाय राख्छन् । जन्मनुनै उनिहरु दुर्भाग्य ठान्छन् र असफल
मानसिक्ताले कुनै काम गर्न चाहदैनन् ।
यति बेला दुईसय चालिस बर्ष अधिनायकत्व ढंगले दम्भिलो अधिकार लिएर अटेरि गरिरहेको
निरंकुस शाही राजतन्र्त र भएको छ नै तर पुन अर्को नियति भोग्न नपरोस भनि जानिफकार
,निरक्छ्यर ,निरपेक्छ्य सबै अाफ्नो मनसाय पोख्छन् ,व्यक्त गर्छन ।





विज्ञान र जिज्ञासा
राम मुकारुड॰
JORNALISTRAM@GMAIL.COM

सूचना तथा सञ्चार प्रविधिका तिव्रोत्तर विकासले विश्वका समस्त
अल्पविकसित राष्टरुलाई विकसित र विकाशील राष्टरु अति विकसित गर्दै अर्थतन्त्र र
सामाजिक दैनिक हैंसियतलाई कल्पनाभन्दा बाहिरको परिवर्तनमा हुरयाइरहेछ। यसलाई कसैले
नकार्ने चेष्टा नगर्ला। तर यहिसँग जोडिएर आएका हरेक नयाँ दिन, नयाँ समय, नयाँरुनयाँ
खोज तथा अन्वेषण गर्दै रहेका वैज्ञानिक र विज्ञानले विश्वलाई चिन्तारुभय र चिन्तनको
परिस्थितिलाई संघारमै पछार्दै बढिरहेको छ। परिपुरक एकअर्का राष्टरुलाई भयभित
नजरअन्दाजको संघारमा दिनानुदिन तेर्स्याइरहेछ, उठबस गराइरहेछ।


ज्यातिषशास्त्रको गणितीय विकास हाम्रो जानकारीमा झण्डै सवा सातहजार
वर्षको इतिहास यात्रा छ।रु ले केहीसमय पहिले नै व्यवहारिक रुप पनि लिइसकेको छ भने
अर्को तर्फ आणविक तथा जैविक अस्त्रको चर्को विकासले बाँकी विश्वलाई दिनानुदिन
सोंच्न बाध्य बनाइरहेको पनि छ। शसस्त्र होडबाजीको सुरुवाती कायापलटले अहिलेनै शेष
विश्वलाई खरु्ग्ररु्ग पारिसकेको छ। अनेकन वैज्ञानिक विकाससँगै भूगोलसँग सरल संवाद
गर्ने भाषा पनि थपिए र जटिल उसैगरी। चामत्कारी र भयपूर्ण अनेकन विज्ञानका
शाखारुप्रशाखाले विश्वलाई गाँजिसकेको छ। त्यसैले दैवीय शक्ति भएगरेका मिथ्याहरु
पूरानो शताब्दीरुयुगबाट नै हटिसके, त्यो शक्तिको ठाउँमा वैज्ञानिक अस्त्रात्मक
शक्तिहोडको ठाउँ रह्यो। विश्वको विकासमा विज्ञानक्रान्तिको भूमिका हुँदाहुँदै पनि
अस्वीकृत बिडम्बनाको स्थिति सिर्जना बढिरहेछ। क्रान्तिकृत वैज्ञानिक चेतले आफैलाई
परास्त गरिहेको छ। विज्ञानसम्मत खगोल शास्त्रीय विज्ञान, जिव विज्ञान, अन्तरिक्ष
विज्ञान, मल्टीजेनेटीकल इन्जीनेयरिरु तथा सूचना प्रविधि क्रान्तिले संत्रासमय
परिवर्तनको चाँचाडो यात्रा पूरानो बनाइरहेको छ। मानवीय सोचमा कोशौ परिवर्तन,
भुमण्डिकरण विश्व सामरिक सत्ताकब्जाको विस्तारित केन्द्रिरकण, संस्कृति तथा
भाषामाथि प्रतिकुल प्रभाव, नयाँ विचार सँगसँगै पूराना कैयौँ विचारधाराको समाधि
पर्यावरणीय एवं वातावरण अनुकुलतामाथि ठूलो फेरबदल, अर्थतन्त्रमाथिको उथलपुथल सयौँ
राष्टिरुय स्वभिमानलाई कौडीमा बेचेर आन्मसमर्पणवादी र जितहारको चरु्गुलमा फस्नु यी
सब विश्वव्यापी सूचना सञ्चार एवं विज्ञानमाथि नै आरोपरुप्रत्यारोपको यो ठूलो घटना
पनि हो।
विगत र वर्तमान वा भनौँ समयको सिमाना लाग्नु मै आश्चर्य रुपले फेरबदल भइरहेको छ।
एकातिर पर्यावरणिय नष्टको चरम उत्कर्श मध्यतिर पुगिसकेको छ भने अर्कोतर्फ वोध्यक्रम
र सिद्धान्तीय सापेक्षमा भत्किएको विरासत फिर्ता गर्ने प्रवोध्यनका अनुसरण लडाइँमा
जातीय, धार्मिक र सांस्कृतिक जितहारको मुक्काबाजी कोसिस बढिरहेको छ। आधुनिकताको
उपल्लो यस घडीमा नयाँ अझेे बढाउनु (प्रवोधनकाल) र पूरानो पुनर्ताजकी
(पुनरजागरणकाल)को यस भागमा हैँसियत र अधिकार नै नामेट पार्ने संक्रमण प्रलयप्रयास
भइरहेको छ। यो सरु्क्रमणकालीन जेहादको तेस्रो खण्डमा हिडिरहेको बेला वा यसो भनौँ
दोस्रो विश्वयुद्ध अर्थात प्रथम विश्वयूद्धपछि परमाणु टुक्रयाएर अद्भूत् शत्ति पैदा
गर्ने सूत्र तयार पार्ने प्रयास थुर्पै देशका वैज्ञानिकहरुले सुरु गरेका थिए र
त्यसमा जर्मन वैज्ञानिकहरु अघि थिए। सन् १९३८मा बर्लिनका कैजर विलहेम
इन्स्टिच्यूटका वैज्ञानिकहरुले सबै भन्दा पहिला परमाणु बिखण्डन प्रयासमा सफलता हात
पारेर दोस्रो विश्वयूद्धको भयंकर चरम यात्रा तय गरुयो।



अमेरीकि साम्राज्यवादीको पासविकतामा अल्वर्ट आइन्टाइन्को परमाणु
सिद्धान्तिय भरुयारु चढेर ऊ द्धारा निर्माण गराइएको २८ इन्च गोलाई, १२० ईन्च लम्बाई
र ९ हजार पौन्ड वजन भएकोरुलिटल व्वाइरु , २० हजार टि.एन्.टि. बिष्फोटक क्षमता भएको
एटम बम निर्माण गरी अगष्ट, १९४५ मा हिरोसिमामा खसाईयो। टिनियन दिपको एउटा टापुबाट
उत्त बम बाहक विमान रुइनालारुगेरु १९४५ अगष्टको त्यो कालो दिनको विहानै हिरोसिमा
तर्फ उड्यो ३१ हजार फिट माथिको आकाशबाट जापानको त्यो सून्दर हिरोसिमा लाई थाहा नै
नदिई त्यही बिहानको ८ः१५ः१७ बजे ९.०५ वर्गमाइलको क्षेत्रफल केहि मिनेट पनि बाँकि
नराखी नब्बे हजार घरहरु मध्ये ६० हजार घरहरु खरानीमा परिणत गराए , ८० हजार मानीसको
नरसंहार पारे दुरदराजमा छरिएर रहेका ७० हजार मानिस जलेर नराम्रो संग चरम घाइते भए ,
त्यसबाट करिब २० हजार बच्चाहरु जलेर मरे त्यसको एक हप्ता पनि नबिद्दै जापानकै अर्को
शहर नागासाकीमा अझै शत्तिसाली एटम रुरुयाटमेनरु खसाएर पुन नरसंहार थप्दै रहे, यसरी
रुयाटमेन र लिटल ब्वाई एटमको टुक्राले हिरोसिमा र नागासाकीलाई त्रु्करतापुर्वक
पचाएपछिको अर्को युगमा अबको विज्ञानले सम्भाव्य समाधानको सिमा कति र कहाँसम्म
ल्याउँछ या पुरुयाउँछ? सवालको जवाफ भने अब बन्ने इतिहासको नाभीमा जगडिराखेकै छ।
अदृस्य लाभाको लप्का बनेर, यसरी आउने सहस्राब्दीका लागि बिडम्बना, कल्पना तथा
तर्कनाका थाक वैज्ञानिक र विज्ञानको घडीमा बेतुक हलचलमा अल्भि्करहेको छ।
परिस्थितिले किल्चिएका विश्वका कैयन निर्धो सर्वाल्टनमाथि विश्वकै अर्का रसायन एटम
र अणुका शासक शक्तिले खुलेआम शक्तिप्रदर्शनका पञ्जाबाट बलात्कारी सिकार
बन्नुपरिरहेको खुल्ला आकाशमुनि निर्धो र निचो आँखाले टुलुटुलु हेरिरहनु परेको
तत्काल छ। भलै हिटलर, सद्धाम, ख्रुस्चेभ र बुशहरु सापेक्षमा मात्र पनि दार्शनिक
सिद्धान्तको बुद्ध बन्न सकेन।
पुनः यही दिनहरुमा विज्ञान क्रान्तिमाथि अनेकौँ सपनाका क्यानभास पोतिइरहेको छ।
सूचना तथा सञ्चार प्रविधि र विज्ञानमाथि सवालहरु पैदा भइरहेको छ। थुप्रै दिर्घजिवी
दर्शनधारीहरुले विज्ञान उपत्यकाको भूतलमा सामाजिक मान्यता र समाजको
संस्लेषणरुविष्लेषण र व्याख्याता क्याम्पियन चलाइरहेको छ।
पराऐतिहासिक दार्शनिक विज्ञानदेखि र त्यसपछिका भौतिक विज्ञान, रसायन तथा जिव
विज्ञानका वैज्ञानिक विकासक्रममा अझै नयाँ र प्रबुद्ध अन्वेषण र प्रयोग हुँदैरह्यो,
र तिब्र अझै छ। कतिपय वैज्ञानिक विकासका प्रयोग र विश्ववर्गीय स्वाथ्ििलप्साको
विकराल परिस्थितिले त जाति, धर्म,सम्प्रदाय र समुदायमात्रै होइन अधिकांश भूतल नै
नष्ट भयो जसले सयौँ सजिवमाथि हजारौँ वर्ष यानेकि दिर्घकालिन कठोर असर गरिरहेको छ,
गरिरहने छ। यो वास्तवमा वैज्ञानिक विज्ञानको विकास हल्लाको खोलभित्र रहेर
साम्राज्यवादीले केन्द्रिकरण गर्ने प्रयूक्त प्रतिकुल सापेक्ष होड भईएरहेको महशुस
हो। यो प्रकृयालाई विनिर्माणको वा विश्व विकेन्द्रित नीति प्रयोजन गर्नु पर्ने
देखिदैछ। तत्काल यो नगरेमा सायद फेरी भूमण्डलका साथै सम्पुर्ण सजिवले नरसंहार
ध्वस्त अन्त्यको ढोका ढक्ढक्याउनु हो। यधपि अबको विज्ञान र वैज्ञानिक प्रयोग र
विकासले कस्तो बाटो अवलम्बन गर्ला?

National Persion Byakul Maila